भ्याक्सिन नलगाएकालाई कार्ड बेचेर १५ लाख डलर कमाउने न्युयोर्कका नर्स फन्दामा


प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकाहरुलाई सीडीसीको भ्याक्सिन कार्ड बेचेर झण्डै १५ लाख डलर कमाउने न्युयोर्कको लङ आइल्याण्डकी नर्स फन्दामा परेकी छिन् । न्युयोर्कको राज्यको डाटावेसमा भ्याक्सिन नलगाएकाहरुको विवरण पनि भ्याक्सिन लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई पक्राउ गरिएको हो ।

४९ बर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन् । उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए ।

बयस्कलाई २२० डलरमा र बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो । उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन् । गुप्तचरहरु ग्राहकको भेषमा त्यहाँ गएका थिए । नर्सका रुपमा यीनिहरुले बैध कार्डको महत्व बुझ्नुपर्ने प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ९ लाख डलर नगदसमेत बरामद गरिएको छ । साथै घरमा भेटिएको एउटा खातामा कार्ड बेचेर १५ लाख डलर नाफा गरेको विवरण समेत उल्लेख गरिएको थियो । उनीहरुबिरुद्ध जालसाजीको अभियोग लगाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com