न्युयोर्क लगायत ५ राज्यमा संकटकाल, एकैपटक पूर्वी क्षेत्रमा ४ बर्ष यताको ठूलो हिमआँधी


प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

अमेरिकाको पूर्वी क्षेत्र ४ बर्षमा पहिलोपटक ठूलो हिमआँधीको चपेटामा परेको छ । क्यारोलिनादेखि मेनसम्म फैलिएको हिमआँधीका कारण पाँचवटा राज्यमा संकटकालको घोषणा गरिएको छ ।

न्यु ईग्ल्याण्डमा २ फिटसम्म हिमपात हुने अनुमान गरिएको छ भने तटीय क्षेत्रमा बाढीको समेत चेतावनी दिइएको छ । शुक्रबार र शनिबारमात्र अमेरिकामा ५ हजारभन्दा धेरै उडानहरु रद्द भएका छन् । २४ घण्टामा २७ इन्चसम्म हिमपात भएर सन् २००३ पछिको रेकर्ड तोडिएको छ ।

बोस्टनमा एकजना व्यक्ति हिमपातको समयमा हिड्दै

आँधीले बम्बोजेनेसिस पार गर्ने चेतावनी दिइएको छ । चिसो हावा समुन्द्रको तातोहावासँग मिसिएपछि बायुमण्डलीय चापमा भारी गिरावट आउँछ, यो प्रकृयाले अवस्थालाई बम साइक्लोन तीर लैजान्छ । बोस्टनको राष्ट्रिय मौषम सेवाले इमर्जेन्सी भएमामात्र यात्रा गर्न सुझाव दिएको छ ।

यात्रा गर्नै परेमा चिसोमा बाँच्नकालागि सामाग्रीहरु बोक्न सुझाव दिइएको छ । गाडीमा तेल भर्न, खाना, पानी र टर्चलाइट राख्न सुझाव दिइएको छ भने गाडीमा फसेको खण्डमा गाडीभित्रै बस्न सुझाव दिइएको छ । शक्तिशाली हिमआँधीले शनिबार विहानैदेखि ईष्टकोष्टलाई लपेट्न सुरु गरेको हो । कैयन राज्यमा शुक्रबारदेखि नै हिमपात भइररहेको छ ।

शुक्रबार मेरिल्याण्ड र वेष्ट भर्जिनियाको सिमाक्षेत्र

सप्ताहन्तमा स्थीति सामान्य हुनु अगाडि शनिबार साँझसम्म अवस्था आक्रमक रहने जनाइएको छ । सकभर आइतबारसम्म घरभित्रै बस्न सुझाव दिइएको छ । हावाले तूफानको बेग लिने अनुमान गरिएको छ भने उत्तरपूर्वी क्षेत्रभर मौषम सम्बन्धि चेतावनी दिइएको छ । सन् २०१८ यता पहिलोपटक क्षेत्रभर नै अलर्ट जारी गरिएको हो ।

न्युयोर्क, न्युजर्सी, मेरिल्याण्ड, रोढ आइल्याण्ड र भर्जिनियाका गभर्नरहरुले राज्य संकटकाल घोषणा गरेका छन् । पूर्वी क्षेत्रका ७५ मिलियन जनसंख्या खराब मौषमबाट प्रभावित भएका छन् । न्युयोर्कका मेयर एरिक आडम्सले शनिबारका लागि भ्याक्सिन अप्वाइन्टमेन्ट र आउटडोर डाइनिङ रद्द गरेका छन् ।

भारी हिमपातका कारण न्युयोर्कबाट चल्ने सबै फेरीहरु रद्द भएका छन् भने न्युयोर्क सिटीभर ट्रेन सेवामा ढिलाई र परिवर्तन भएको छ । न्युयोर्ककी गभर्नर क्याथी होचुलले ६ बोटलको बियरको प्याक लिएर घरभित्रै बस्न र पर्खन सुझाव दिएकी छिन् ।

फ्लोरिडामा पनि केहीबर्ष यताको सबैभन्दा चिसो तापमानको अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com