एउटा यस्तो बुबा छोरीको तस्वीर, जसले सबैलाई रुवायो
प्रकाशित मिति : माघ १५, २०७८ शनिबार

भनिन्छ बुबा छोरीको ‘हिरो’ हुन् । जहाँ छोरीहरू ‘बुबाको परी हुन ।’ केही हदसम्म यो सत्य पनि हो । किनकी बाबु छोरीको मायालाई शब्दमा वर्णन गर्न निकै गाह्रो छ। तर यो सम्बन्धको सौन्दर्य र मायालाई बताउने एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो तस्बिरमा एक बाबु बच्चासँग देखिएका छन् ।
यो तस्बिरमा एक बाबु बच्चासँग देखिएका छन् । दुवैले टाउको जुधाएर राखेका छन् । बालिकाको टाउको अगाडिको भागमा कपाल काटिएको छ र टाँकाको निशान पनि छ । बालिकाका बुबाले पनि टाउकाको एउटै भागमा कपाल खौरिएको छन् , र टाँका पनि त्यस्तै बनाएका छन् । जब मानिसहरु यो तस्वीर पछाडीको कथा थाहा पाउँछन् तब सबैका आँखामा आँशु आउँछन् ।
एउटा बालिकाको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको बुबाले उनको छोरीको टाउकोमा जस्तो देखिने उनको कपालमा त्यस्तै गरे? यो देखेर मेरो आँखामा आँसु आयो twitter प्रयोगकर्तहरुले तस्वीरमाथि आफ्नो प्रतिक्रिया दिएका छन् । छोरीको हिम्मत बढाउन यी बुबाले आफ्नो जस्तै कपाल काटेर टाउकोमा टाँका लगाएको बताइएको छ ।