युवतीको मोटोपन बन्यो वरदान, घरमै बसेर कमाउँछन् लाख रुपैयाँ


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

मोटोपन कम गर्न मानिसले हजारौं रुपैयाँ खर्च गर्छन्। तर हामी तपाईलाई एक यस्तो युवतीसँग परिचय गराउँदैछौ  जसको लागि मोटोपन वरदान बनेको छ। २२६ केजी तौल भएकी महिलाले घरमै बसेर महिनामा लाखौं रुपैयाँ कमाइरहेकी छन् ।

२५ वर्षको उमेरमा यी युवतीको तौल २२६ केजी छ । यस्तो मोटोपनामा मानिसहरूलाई हिड्न गाह्रो हुन्छ, तर, बेलायतकी डेनियल बिर्चको हकमा त्यस्तो छैन । त्यही मोटोपनका कारण डोनिलले यस्तो काम गर्छन्, जुन गर्न उनको लागि केही मिनेटको कुरा हो। यसो गरेर उनले मिनेटमै हजारौं रुपैयाँ कमाउँछन् ।

डेनियलले दैनिक हुने समस्याहरूको भिडियो बनाउँछिन् र सोशल मिडियामा पोस्ट गर्छिन्। द सनको रिपोर्टका अनुसार उनले यस्ता भिडियो बनाएर हरेक महिना करिब १.५ लाख रुपैयाँ कमाउँछन् । उनी सामाजिक सञ्जालका प्रभावशाली पात्र मध्येकी एक हुन ।

डेनियल भन्छिन्, ‘प्लस साइज महिलाको दैनिक जीवन कस्तो हुन्छ भन्नेमा मानिसहरु निकै चासो राख्छन् । पहिले म आफ्नो तौल लुकाउन ब्यागी कपडा लगाउने गर्थे तर अहिले म आफ्नो शरीर अनलाइन देखाउँछु । यसले ममा थप आत्मविश्वास बढेको छ।’

डेनियलले आफ्नो भिडियोमा अश्लील केही नरहेको बताएकी छिन् । डेनियलले मात्र ५ मिनेटको भिडियो बनाउँछन् । डेनियलको  भिडियोलाई निकै मन पराइएको छ ।  सुटिङ गर्दा डेनियल धेरै पटक समस्यामा पर्छन् । कहिले बाथटबमा अड्किन्छिन्, कहिले ढोकामा कुर्सीमा अड्किन्छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com