एप्पलको बिक्री बढ्यो, सबै अनुमान गलत साबित


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको छ। एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर १२३.९अर्ब डलर पुगेको छ, सबै अनुमानहरू खारेज गर्दै।

बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको बृद्धिलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका बेला मानिसहरुले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।

विज्ञहरूले गत वर्ष चेतावनी दिएका थिए कि माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न सक्छ।

तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्याङ्कको बारेमा जानकारी गराएको छ, जसले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ।

एप्पलको उत्पादन ‘म्याक’को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ । विज्ञहरूले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने र यही उत्पादनको मात्रै बिक्री १४ प्रतिशतले घटेको अनुमान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com