टेक्सासको ह्युस्टनमा तीनजना प्रहरी अधिकारीमाथि गोली प्रहार, गोली हान्ने व्यक्ति फरार


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

टेक्सासको ह्युस्टनमा तीनजना प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ भने गोली हान्ने व्यक्ति घटनास्थलबाट भागेको जनाइएको छ । घाइते प्रहरी अधिकारीहरुलाई अस्पताल लगिएको छ भने उनीहरुको अवस्था स्थीर रहेको जनाइएको छ ।

संदिग्ध व्यक्तिले एउटा गाडी दुर्घटना गराएको थियो भने अर्को गाडी चढेर भागेको प्रहरीले जनाएको छ । पछि उक्त व्यक्तिलाई एउटा घरमा थुनिएको प्रहरीको भनाई छ । गोली चलाउने व्यक्तिसँगै धेरैवटा हतियार रहेको विश्वास गरिएको छ ।

घाइते प्रहरी अधिकारीहरुलाई एकएकवटा गोली लागेको छ । एकजनालाई पाखुरामा, अर्कोलाई तिघ्रामा र अर्कोलाई खुट्टामा गोली लागेको जनाइएको छ । प्रत्यक्षदर्शीले कम्तीमा पचास राउण्ड गोली चलेको आवाज सुनेको बताएका छन् ।

ह्यारिस काउन्टीमा प्रहरी अधिकारीलाई गोली हानिएको घटनाको पाँचदिनपछि यो घटना भएको हो । गोली हान्ने व्यक्तिलाई मेक्सिकोमा पक्राउ गरेर बुधबार बेलुका टेक्सास ल्याइएको थियो ।

गतसाता न्युयोर्कमा भएको गोली प्रहारको घटनामा २ जना प्रहरी अधिकारीको मृत्यु भएको थियो । प्रहरीमाथि गोली हान्ने व्यक्तिको पनि घटनास्थलमा नै मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com