सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने बाइडेनको प्रतिवद्धता


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतमा न्यायाधिसबाट स्टीफन ब्रेयर सेवानिवृत्त भइसकेपछि उनको स्थानमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने प्रतिवद्धता जनाएका छन् । आफू असाधारण योग्यता, चरित्र र अनुभवयुक्त न्यायाधिस नियुक्त गर्ने बाइडेनले बताए । अमेरिकाको सर्वोच्च अदालतको इतिहासमा पहिलो अश्वेत महिला न्यायाधिस नियुक्त गर्ने बाइडेनले जनाएका हुन् ।

नियुक्त गर्ने व्यक्तिको छनौट फरबरीको अन्तिमसम्म गर्ने र अहिले नै कस्लाई नियुक्त गर्ने भन्नेबारे निर्णय नभइसकेको बाइडेनले बताएका छन् । छनौट प्रकृया अत्यन्तै कडा हुने न्यायाधिस ब्रेयरको शालिनता र उत्कृष्टताको विराशतलाई कायम गर्ने खालको हुने बाइडेनको भनाई छ ।

स्टीफन ब्रेयर

यसैबीच न्यायाधिस ब्रेयरले बिहिबार आफू सेवानिवृत्त हुने औपचारिक घोषणा गरिसकेका छन् । सर्वोच्च अदालत आगामी समरको छुट्टीमा जानुभन्दा अगाडि आफूले पद छाड्ने उनले घोषणा गरेका छन् । ब्रेयर सेवानिवृत्त हुन लागेको विषय बुधबार सार्वजनिक भएको थियो । ब्रेयरलाई राष्ट्रपति बिल क्लीन्टनले सन् १९९४ मा सर्वोच्च अदालतको न्यायाधिसमा नियुक्त गरेका थिए ।

उनको स्थानमा राष्ट्रपति बाइडेनले नयाँ न्यायाधिस नियुक्त गर्दा पनि अदालतको समिकरण भने बदलिने छैन । ट्रम्पले सर्वोच्च अदालतको न्यायाधिसमा एमी कोनी ब्यारेटलाई नियुक्त गरेपछि सर्वोच्चमा रिपब्लिकन नियुक्त न्यायाधिसको संख्या ६ र डेमोक्र्याट्स नियुक्त न्यायाधिसको संख्या ३ पुगेको थियो । ब्रेयरको स्थानमा नयाँ न्यायाधिस नियुक्त गर्दा पनि यही समिकरण नै कायम रहनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com