हिमआँधी शनिबार बम साइक्लोन बन्नसक्ने, न्युयोर्क सिटीमा १२ इन्चसम्म हिमपात अनुमान


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

यो सप्ताहन्तमा अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आउने शीतकालिन आँधी विकशित भएर बम साइक्लोन बन्नसक्ने चेतावनी दिइएको छ । २० घण्टाको अवधिमा आँधीको मध्य चाप २४ मिलिबार वा त्योभन्दा बढीमा दुर्घटनाग्रस्त हुन्छ, त्यसलाई बम साइक्लोन भनिन्छ ।

शुक्रबार रातीबाट मौषम खराब हुने सुरु गर्ने शनिबारसम्म न्युयोर्कसिटीमा १२ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । मौषम सोंचेजति खराब नभएको खण्डमा ६ इन्चसम्म र खराब भएमा १२ इन्चसम्म हिमपात हुने मौषमविदहरुको अनुमान रहेको छ । न्युजर्सीको तटीय क्षेत्रमा पनि १२
इन्चसम्म हिमपातको अनुमान गरिएको छ ।

न्यू ईंग्ल्याण्डमा भारी हिमपातको अनुमान गरिएको छ भने न्युयोर्क सिटी र वासिंटन डिसीमा समेत उल्लेख्य हिमपात हुनेछ । मासाचुसेट्सको पूर्वी क्षेत्र र रोढ आइल्याण्डमा आँधीका साथमा १८ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ । कनेक्टिकका केही भागहरुमा पनि १२ इन्चसम्म हिमपात हुने अनुमान गरिएको छ ।

राष्ट्रिय मौषम सेवाले सप्ताहन्तमा कैयन क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न हुने चेतावनी समेत दिएको छ । हिउँ सोहोर्ने बेल्चाहरुको जोहो गर्न र सप्ताहन्त अगाडि नै गाडीमा तेल ट्यांकहरु भर्न सुझाव दिइएको छ । खराब मौषमको बेलामा सकभर यात्रा नगर्न समेत सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com