बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिनुभएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्ने क्रममा उहाँले कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । “पहिलो कुरो त बिचौलियलाई कार्यालयभित्र पस्न नदिनुहोस् भन्छौँ, यदि त्यो भएन भने पुलिस लगाएर भए पनि उनीहरुलाई समाउँछौँ र कारबाही गछौँ”, उहाँले भन्नुभयो, “कानुनी कारबाहीमा आएपछि बिचौलियाको विगविगी कम हुने र गलत काम गर्ने कर्मचारी पनि हच्किएर सही बाटोमा आउनेछ ।”

मन्त्री दाहालले कार्यालयमा कहीँकतै सेटिङ रहेको पाएमा त्यसलाई निर्मम तरिकाले नियन्त्रण गर्ने उल्लेख गर्दै कार्यालयभित्र कहीँकतै कर्मचारीको सेटिङ छ भने हामी खोजी गर्नेछौँ र त्यसलाई निर्मम तरिकाले नियन्त्रण गछौँ भन्नुभयो ।

वाग्मती प्रदेश यातायात मन्त्रालयका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुगमन गर्नुभएको हो । सो अवसरमा सचिव शाहले ढड्डा प्रणलीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने बताउनुभयो ।

उहाँले वाग्मतीलई नमूना प्रदेश बनाउने गरी काम गरिने बताउँदै मन्त्रालयअन्तर्गतका कार्यालय तथा निकायमा विचौलियालाई रोक्ने र भ्रष्टाचार शून्य सहनशीलता नीति अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com