फर्च्युन कुकीको नम्बर खेल्दा नर्थ क्यारोलिनामा ४ मिलियन डलरको मेगा मिलियन


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

अमेरिकाको नर्थ क्यारोलिना निवासी एकजना पूर्व अमेरिकी सेनाले फच्र्युन कुकीको नम्बर खेल्दा ४ मिलियन डलरको मेगा मिलियन लोटरी जितेका छन् । गेब्रियल फियरो र उनकी पत्नीले शार्लोटमा रहेको रेड बाउल एसियन बिस्त्रोमा खाना खाएपछि पाएको फच्र्युन कुकीमा रहेको नम्बर खेल्दा लोटरी जितेका हुन् ।

गत मंगलबारको लोटरीका लागि उनले कुकीमा रहेको कागजमा उल्लेख भएको नम्बर खेलेका थिए । उनले अनलाइन प्लेबाट टिकट किनेका थिए भने मेगापिलरका लागि १ डलर थप रकम तिरेका थिए । उनले १ मिलियन डलर जितेपनि मेगापिलरका कारण चारगुणा बढी रकम पाएका हुन् ।

सुरुमा आफूलाई विश्वास नै नलागेको उनले बताए । विहान इमेल प्राप्त गरेपछि पत्नीलाई देखाएको र यो अप्रिल फुलको जस्तो जोक भएको ठानेको उनले बताए । उनले आफूले जितेको रकम बिहिबार प्राप्त गरिसकेका छन् । ट्याक्स वीथहोल्डपछि उनले २८ लाख ४० हजार डलर प्राप्त गरेका छन् ।

६० बर्षका पूर्व अमेरिकी सेना फियरोले झण्डै ३२ बर्षसम्म अमेरिकी सेनामा सेवा गरेका थिए । उनी अशक्त रुवमा सेनाबाट रिटायर्ड भएका थिए । उनले जितेको अधिकांश रकम लगानी गर्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com