Follow @khasokhasmag

न्युयोर्कमा गोली प्रहारको घटनामा घाइते अर्का प्रहरीको पनि मृत्यु, मुटु गरियो दान


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

न्युयोर्क सिटीको हार्लममा भएको गोली प्रहरको घटनामा घाइते न्युयोर्क सिटी प्रहरीका अर्का अधिकारीको पनि मृत्यु भएको छ । यसअगाडि गोली प्रहारको घटनामा एकजना अधिकारीहरुको उक्त दिन नै मृत्यु भएको थियो भने अर्का अधिकारीको उपचारका क्रममा आज मृत्यु भएको छ ।

उनका शरीरका अंगहरु अरुलाई डोनेशनमा दिन सकिनेगरी संरक्षित गर्नका लागि लाइफ सर्पोटमा राखिएका दोश्रा अधिकारीको मंगलबार मृत्यु भएको घोषणा गरिएको हो । २७ बर्षका विल्वर्ट मोरा नामका ती अधिकारीको मुटु कोही भाग्यमानी व्यक्तिलाई प्रत्यारोपण गरिएको जनाइएको छ । २२ बर्षीय प्रहरी अधिकारी ज्यासन रिभेराको भने शुक्रबार बेलुका नै मृत्यु भएको थियो ।

शुक्रबारको घटनामा मारिएका प्रहरी अधिकारीहरु

टाउकोमा गोली लागेका प्रहरी अधिकारी विल्वर्ट मोराका दुईवटा सर्जरी गरिएको थियो भने अंगदानका लागि लाइफ सपोर्टमा राखिएको थियो । विल्वर्टले तीनपटकसम्म प्रहरीमा हिरोको उपाधी पाएका थिए । उनले अरुको रक्षाका लागि जीवनको बलिदान दिएका छन् भने मृत्युपछि समेत अंगदान गरेर अरुलाई जीवनदान दिएका छन् । यस्ता प्रहरी अधिकारीको सम्मानमा आफ्नो शीर झुकेको र हृदय भारी भएको न्युयोर्क प्रहरीले जनाएको छ ।

घरेलु हिंशाबारेको फोनकल आएपछि घटनास्थल पुगेका ती प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको थियो । हार्लमको वेष्ट १३५ स्ट्रीट र लिनक्स एभिन्युमा उक्त घटना भएको थियो । शुक्रबार बेलुका आमाछोरा संलग्न घरेलु हिंशाको घटनाको खबर पछि प्रहरी पोशाकमै पुगेका उनीहरुमाथि गोली हानिएको थियो ।

उनीहरुमाथि गोली चलाउने व्यक्तिलाई तेश्रो प्रहरी अधिकारीले गोली हानेका थिए । उक्त व्यक्तिको पनि घटनास्थलमा नै मृत्यु भएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com