फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भन्नुभयो, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ । ”

कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्याङ्कले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि भइसकेको छ । यद्यपि यसबाट आउनसक्ने दीर्घकाली असरबारे सावधानीसाथ अध्ययन भइरहेका छन् ।

उहाँले भन्नुभयो, “समय बित्दै जाँदा यो सुरक्षा घट्दै गएको अवस्थामा र भविष्यमा ओमिक्रोन र नयाँ विविधताहरू समाधान गर्न सम्भावित मद्दत गर्न हामी तयार हुनुपर्ने आवश्यकतालाई स्वीकार गर्छौ ।”

जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले बताएअनुसार हल्का र मध्यम कोभिडविरुद्ध लड्न बनाइएको पूरानो खोपको सुरक्षाले ओमिक्रोनविरुद्ध अपेक्षित रूपमा काम नगरेको बताउनुभयो ।

“यो अध्ययन विज्ञानमा आधारित विभिन्न खोप विकास गर्ने हाम्रो तरिकाको एउटा भाग हो । यसले पहिलेको विविधताविरूद्ध हाम्रो खोपले लामो समयसम्म सुरक्षा दिन्छ र यो ओमिक्रोनका लागि पनि उपयोगी छ यद्यपि यसको प्रतिरोधात्मक क्षमता ओमिक्रोनको विरामीमा अन्य विरामीको तुलनामा कम प्रभाबकारी पाइएको छ । यसबारे थप अनुसन्धान जारी छ ।

यस बिषयमा १८–५५ वर्षका एक हजार ४२० व्यक्तिहरूमा तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ ।

फाइजरका प्रवक्ताले एएफपीलाई बताएअनुसार यसमा ५५ वर्षभन्दा बढी उमेरका मानिसहरू समावेश गरिएका छैनन् किनभने अध्ययनको लक्ष्य खोप प्रभावकारिताको अनुमान गर्नुको सट्टा सहभागीहरूको रोग प्रतिरोधात्मक प्रतिक्रिया जाँच्नु रहेको छ ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com