सिरियामा जनताको सुरक्षाबारे संयुक्त राष्ट्रसंघको चासो


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालैमात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गर्नुभएको हो ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा जेलमा रहेका नागरिकको सुरक्षा गम्भीर चासोको विषय हो भन्दै उनीहरु जेलमा पनि सुरक्षित रहन नपाउनु दुःखद हो भन्नुभएको छ । केही दिन अघि सो नगरमा रहेको एक जेलमा हमला भएको थियो । त्यसमा रहेका कैयौँ व्यक्तिको ज्यान गएको थियो भने केही भागेर ज्यान बचाएका थिए ।

सिरियामा पछिल्लो समयमा बढ्दो असुरक्षाको पनि संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । त्यहाँ ठूलो संख्याका नागरिक विस्थापित भएकाले उनीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा पनि जोड दिइएको हो । सिरियामा केही वर्षदेखि नै हिंसा जारी छ । हिंसाका कारण नै यहाँका नागरिकहरु ठूलो संख्यामा विस्थापित भएका छन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com