Follow @khasokhasmag

इन्डोनेसियाको रात्रि क्लबमा दुई समूहबीच झडप, १९ जनाको मृत्यु क्लबमा आगजनी


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।

सोमबार राति पश्चिमी पपुवाको सोरोग नगरमा रहेको एक रात्रि क्लबमा जम्मा भएका व्यक्तिहरुबीच झडप भएको थियो । सो झडपमा परी सुरुमा एकजनाको ज्यान गएको थियो । त्यसपछि त्यहाँ रहेका अरु पनि भिडन्तमा उत्रिएका थिए ।

सो झडपपछि उक्त क्लबमा आगजनी गरिएको बताइएको छ । त्यसमा परेर १९ जनाको ज्यान गएको र अरु कैयौँ नागरिक घाइते पनि भएका छन् ।

पश्चिमी पपुवा प्रान्तका प्रहरी प्रमुख आदम एर्दिनीले सोमबार मध्यराति देखि झडप सुरु भएको जानकारी दिएका छन् ।उनले भनेका छन्– सुरुमा दुईजनाबीचको सामान्य विवादले पछि उग्र रुप लिएको थियो ।

उनीहरुको आन्तरिक झगडाका कारण त्यहाँ ठूलो संख्याका नागरिकको ज्यान गएको उनले बताए ।

सो रात्रि क्लबको बाहिर पार्किङ गरी राखिएका कारहरुमा पनि आगजनी गरिएको छ । मध्यरातिदेखि नै प्रहरीले सो भीडन्त नियन्त्रणमा लिने प्रयास गरेपनि त्यस अगावै धेरै नागरिकको ज्यान गइसकेको थियो । एजेन्सी

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com