शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराइमा पुग्ने पक्षी


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी  शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ ।

युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो । यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराइमा पुग्ने बताइएको थियो ।

समुद्री अल्बाट्रोसको अस्तित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपोन्मुख अवस्थामा छन् ।

पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रमा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो ।

यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com