Follow @khasokhasmag

प्रेमीकाकी आमालाई मृगौला दान गरेर बचाउने प्रेमी


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

एक प्रेमीले प्रेमिकाकी आमालाई मृगौला दान गरे  तर प्रेमिकाले भने त्यसको एक महिना नबित्दै आफ्नी आमालाई मृर्गौला दिएर बचाएका प्रेमीलाई छोडेर अर्कै युवकसँग विवाह गरिन् ।

घटना मेक्सिकोको हो । ती प्रेमी (युवक)मेक्सिकोको एक विद्यालयको शिक्षकसमेत रहेको बताइएको छ । उनले उक्त रहस्य सामाजिक सञ्जाल टिकटकबाट खुलासा गरेका छन् । उनले भोगेको यो घटनाबारे बेलायती पत्रिका द सनले पनि स्टोरी छापेको छ ।

युवकको नाम उजील मार्टिज रहेको द सनले उल्लेख गरेको छ । उजिलले प्रेमिकाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमा भनेका छन्, ‘मैले उनको आमालाई मृगौला दान गरेँ, उनले मलाई छोडिन् । र, एक महिनापछि विवाह गरिन्।’

उनले सोफामा सुतिरहेको बेला निराश हुँदै आफूलाई भिडियोमा कैद गरेका छन् । उनले टिकटकमा राखेको उक्त भिडियो १६.६ मिलियन पटक हेरिएको छ । कमेन्टमा उनलाई सहानुभूति प्रकट गर्नेहरुको लहर नै चलेको छ । एजेन्सी

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com