न्युयोर्कमा कोरोना संक्रमणमा उल्लेख्य कमी, अस्पताल भर्ना रहेकाहरुको संख्या तीनसातामै कम


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

न्युयोर्कमा कोरोना संक्रमणबाट अस्पताल भर्ना रहेकाहरुको संख्या तीनसातामै कम भएको छ । आइतबार न्युयोर्कका अस्पतालहरुमा रहेका कोरोना संक्रमितहरुको संख्या १० हजारभन्दा कम भएको छ ।

गभर्नर क्याथी होचुलको कार्यालयले दिएको जानकारी अनुशार आइतबार कोरोना संक्रमणबाट अस्पतालमा रहेकाहरुको संख्या ९ हजार ८ सय ४७ रहेको छ । यो संख्या गत जनवरी २ यताकै सबैभन्दा कम संख्या हो ।

साप्ताहिक संक्रमण दरमा पनि कमी आएको छ । साप्ताहिक संक्रमण दर १० दशमलव ५ प्रतिशतले घटेको र डिसेम्बरको अन्तिम यताकै सबैभन्दा कम बिन्दुमा रहेको छ । शनिबार न्युयोर्कमा २० हजार भन्दा कममा कोरोना संक्रमण देखिएको थियो ।

अपस्टेटको तुलनामा न्युयोर्क सिटी र लङ आइल्याण्डमा कोरोना संक्रमण दर उल्लेखनीय रुपमा घटेको छ । नयाँ बर्षको सेरोफेरोमा न्युयोर्कमा कोरोना संक्रमण दर उल्लेख्य रुपमा बृद्धि भएको थियो । बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीको जनवरीको तेश्रो साताको अन्त्यतिरै न्युयोर्क क्षेत्रमा कोरोनाको छाल टुट्ने अनुमान गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com