सिनेटको आगामी चुनावमा परिणाम परिवर्तन हुनसक्ने १० सिट
प्रकाशित मिति : माघ ९, २०७८ आईतबार
अहिलेको अमेरिकी सिनेट पचास पचासमा विभाजित छ । र उपराष्ट्रपतिले टाइब्रेक गर्नसक्ने अधिकारका कारणमात्र सिनेटमा डेमोक्रेटिक पार्टीको झिनो बहुमत कायम रहेको छ । तर नीतिगत बिलहरु पारित गर्न फिलिबस्टर ६० भोटको आवश्यकता पर्ने भएकाले राष्ट्रपति जो बाइडेनका कैयन एजेण्डाहरुले सिनेटमा तगारोको सामना गर्नुपर्ने अवस्था रहेको छ ।
कुनै पनि नीतिगत बिलहरु पारित गर्न डेमोक्र्याट्सहरुले १० जना रिपब्लिकन सिनेटरहरुलाई सहमत गराउन जरुरी हुन्छ । तर पार्टी लाइन अनुशार चलेको खण्डमा १० जना सिनेटरहरुको समर्थन जुटाउन निकै मुस्किल हुनेगर्छ । सिनेटमा डेमोक्र्याट्सको झिनो बहुमतका कारण अध्यामगन लगायतका कैयन बिलहरुको भविश्य अन्यौलमा रहेको छ ।
सन् २०२२ को चुनावमा १० वटा सिट उल्टाउनसक्ने पार्टीले फिलिबस्टर बहुमत कायम गर्नसक्छ । तर त्यो सहज भने छैन । त्यसैले विगतमा फरक पार्टीले जीतेको स्थानमा कसरी आफूले जीत हासिल गर्ने भन्ने सन्दर्भमा डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीको ध्यान सन् २०२२ को चुनावतिर देखिन थालेको छ ।
पेन्सिभेनिया, जर्जिया, विसकन्सिन, नर्थ क्यारोलिना, एरिजोना, नेभाडा, न्यु ह्याम्पशायर, ओहायो, फ्लोरिडा र मिजौरीमा विगतको भन्दा फरक परिणाम आउनसक्ने सम्भावना रहेको छ । यीमध्ये ८ वटा राज्यका सिनेटका सिटहरु ब्याटलग्राउण्डका रुपमा रहेका छन् ।
मिजौरीमा अहिले रिपब्लिकन सिनेटर रोय ब्लण्ड रिटायर्ड हुँदैछन् भने फ्लोरिडामा रिपब्लिकन मार्को रुबियोले सन् २०२२ मा पुन चुनाव लड्नुपर्नेछ । ओहायोमा रिपब्लिकन रोब पोर्टम्यान रिटायर्ड हुँदैछन् । त्यस्तै न्यु ह्याम्पशायरमा डेमोक्र्याट्स म्यागी हसन सन् २०२२ मा पुन चुनाव लड्नुपर्नेछ ।
नेभाडामा डेमोक्र्याट्स क्याथरिन कोर्टेज मास्टोले सन् २०२२ मा पुन चुनाव लड्नुपर्नेछ भने एरिजोनामा पनि डेमोक्र्याट्स मार्क केलीले आगामी सिनेटको चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ । नर्थ क्यारोलिनामा रिपब्लिकन रिचार्ड ब्लर रिटायर्ड हुँदैछन् भने विसकन्सिमा रिपब्लिकन रोन जन्सनले पुन चुनाव लड्नुपर्नेछ ।
जर्जियामा डेमोक्रेटिक राफल वार्नकले आगामी चुनावमा पुन प्रतिस्पर्धा गर्नुपर्नेछ । वार्नक रनअफ चुनावमा २ बर्षका लागि सिनेटरका रुपमा निर्वाचित भएका हुन् । त्यस्तै पेन्सिलभेनियामा रिपब्लिकन सिनेटर प्याट टोमे रिटायर्ड हुँदैछन् ।
सन् २०२२ मा हुने सिनेटको चुनावमा डेमोक्र्याट्सले फिलिबस्टर कायम गर्नुभन्दा अहिलेको नियन्त्रण पनि गुमाउने सम्भावना बढी रहेको छ ।