न्युजिल्याण्डकी प्रधानमन्त्रीको बिहे रद्द !


प्रकाशित मिति : माघ ९, २०७८ आईतबार

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ। उहाँले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिनुभएको छ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिनुभएको छ। यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।

लामो समयदेखि सम्बन्धमा रहेका आफ्ना प्रेमीसँगको विवाहको कार्यक्रम बारम्बार रद्द हुँदा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म न्युजिल्याण्डका हजारौँ जनताभन्दा फरक छैन । न्युजिल्याण्डका जनताले महामारीमा थप विनासकारी प्रभाव महसुस गरेका छन् । गम्भीर रुपमा विरामी हुँदा पनि आफ्नो प्रियजनलाई भेट्न पाएका छैनन् ।  यो मैले गरेको  दुःखको अनुभवभन्दा निकै टाढा छ ।’

नर्थ आइल्याण्डको अकल्याण्डमा विवाह र अन्य कार्यक्रममा सरिक भएर विमानमार्फत् दक्षिण आइल्याण्ड फर्किएका एक परिवारमा ओमिक्रोन भेटिएको हो । ओमिक्रोन भेटिएपछि न्युजिल्याण्डमा आइतबार रातीदेखि मास्क अनिवार्य गरिएको छ ।

रेष्टुरेन्ट, बार र विवाहलगायतका कार्यक्रममा सयजना मात्रै उपस्थित हुन पाउनेछन् । भ्याक्सिन पास उपलब्ध नगराउने स्थानमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने आर्डर्नले बताउनु भएको छ । एजेन्सी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com