न्युयोर्कका मेयरले पहिलो कमाईबाट क्रिप्टोकरेन्सीहरु बिटक्वाइन र इथेरियम किन्ने


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

न्युयोर्कका मेयर एरिक आडम्सले मेयरका रुपमा सिटीहलबाट प्राप्त हुने आफ्नो पहिलो आम्दानी क्रिप्टोकरेन्सीमा रुपान्तरण गर्ने बताएका छन् । मेयरका रुपमा रहँदा भर्चुअल नगद प्रणालीलाई प्रवद्र्धन गर्ने प्रतिवद्धता जनाएका आडम्स सोही प्रतिवद्धता अनुरुप आफ्नो पहिलो पेचेकलाई क्रिप्टोकरेन्सीमा बदल्ने भएका हुन् ।

उनले पहिलो पेचेक शुक्रबार प्राप्त गर्दैछन् । उनको यो पेचक स्वत बिटक्वाइन र इथेरियममा रुपान्तरण हुनेछ । बिटक्वाइन र इथेरियम अहिलेका सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी हुन् । करेन्सीको किनबेच र स्टोरका लागि ब्यापक रुपमा प्रयोग भइरहेको क्वाइनबेसमार्फत उनको पेचेकलाई क्रिप्टोकरेन्सीमा रुपान्तरण गरिनेछ ।

न्युयोर्क विश्वको केन्द्र रहेको र क्रिप्टोकरेन्सी तथा अन्य आर्थिक आविश्कारहरुको पनि केन्द्रका रुपमा रहन चाहने आडम्सको भनाई छ । त्यस्ता आविश्कारहरुको अगाडि रहँदा जागिरहरु श्रृजना गर्न, अर्थतन्त्रमा सुधार गर्न र विश्वका दक्षहरुका लागि चुम्बकको कामलाई निरन्तरता दिन मद्दत पुग्ने उनको भनाई छ ।

गत नोभेम्बरमा आडम्सले आफ्ना तीनवटा पेचेक बिटक्वाइनमा हाल्ने बताएका थिए । यद्यपी सिटी हलले अमेरिकाको डिपार्टमेन्ट अफ लेबरको नीतिले नगर सरकारलाई आफ्ना कर्मचारीहरुलाई सिधै क्रिप्टोमा रकम दिन रोक्ने बताएको छ । त्यसैले आडम्सलाई क्वाइनबेस रुपान्तरणको आवश्यकता हुने भएको छ ।

आडम्सको पेचेक सिधै सिटीबाट क्वाइनबेसमा जानेछ । आडम्सले क्वाइनबेस ट्रान्सफरको सुरक्षा सुनिश्चित गर्न अरु थप कदम चाल्ने वा नचाल्नेबारे भने केही स्पष्ट छैन । क्वाइनबेसको सेवा लोकप्रिय र सुरक्षित मानिने भएपनि हट वालेट प्रणालीमा क्रिप्टो अपराधीहरुको पहुच पुग्नसक्नेबारे चिन्ता व्यक्त गरिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com