कार्यकालको पहिलो बर्ष अमेरिकी राष्ट्रपति बाइडेनले बोलेका दर्जन बढी झुठ


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको पहिलो बर्ष झण्डै १ हजार झुठ बोलेका थिए । बाइडेनका झुठ भने दर्जनमा सिमित रहेका छन् । ट्रम्पले एउटै सम्बोधनमा ६० वटाभन्दा धेरै झुठ बोलेका थिए, बाइडेनले एउटै सम्बोधनमा यति धेरै झुठ बोलेको रेकर्ड छैन । यद्यपी उनले गरेका कैयन दावीहरु झुठा रहेका छन् ।

बाइडेनले आफ्नो विगतका बारेमा कैयन झुठहरु बोलेका छन् । बाइडेनले गतसाताको एउटा सम्बोधनमा नागरिक अधिकार आन्दोलनका क्रममा पटकपटक पक्राउ परेको दावी गरेका गरेका थिए तर यसबारे कुनै प्रमाण छैन । बाइडेनले आफ्नो युवावस्थामा केही नागरिक अधिकार गतिविधिहरूमा भाग लिएका थिए तर कुनै गिरफ्तारीको रेकर्ड छैन ।

त्यस्तै गत नोभेम्बरमा ट्रकको नजिक उभिएका प्राविधिक विद्यार्थीहरुको समुहमा बाइडेनले ट्रयाक्टर ट्रेलर चलाउने गरेको दावी गरेका थिए भने जुलाईमा आफूले १८ पाँग्रे ट्रक चलाएको बताएका थिए । तर इतिहास हेर्दा बाइडेनले स्कुल बस चलाएको पाइन्छ तर त्यो १८ पाँग्रे थिएन । सन् १९७३ मा उनले कार्गो ट्रकमा रात त बिताएका थिए तर आफै चलाएका भने थिएनन् ।

बाइडेनले आफू उपराष्ट्रपति हुँदा एमट्रक ट्रेन कन्डक्टर रहेको पुरानो साथीसँगको कथित कुराकानीको बारेमा बारम्बार कथा सुनाएका छन् । यो पनि झुठो हो । किनभने बाइडेन उपराष्ट्रपति हुँदा ती कन्डक्टर साथीको मृत्यु भइसकेको थियो ।

बाइडेनले यहूदी नेताहरूसँग पिट्सबर्गको ट्री अफ लाइफ सिनेगोगमा गएको बताएका थिए, जहाँ सन् २०१८ मा एक यहूदी विरोधी नरसंहार भएको थियो । तर वास्तविकता भने फरक थियो । उनले सन् २०१९ मा सभाघरका रब्बीसँग फोनमा कुरा गरेका थिए तर त्यहाँ कहिल्यै गएनन्। इजरायली प्रधानमन्त्री गोल्डा मेयरले सन् १९६७ को को छ दिनको युद्धमा आफूसँग भेट्न निम्तो दिएका बाइडेनले दावी गरेका थिए । तर त्यसको ६ बर्षपछि योम किप्पुर युद्धभन्दा केही अगाडिमात्र बाइडेनले भेटेका थिए ।

त्यस्तै अफगानिस्तान युद्धका बारेमा पनि बाइडेनले झुठो बोलेका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको बेलामा भएको भद्रगोल अवस्थालाई ढाकछोप गर्न उनले विभिन्न प्रकारका झुठहरु बोलेका थिए । अगस्तमा उनले अफगानिस्तानबाट अल कायदा समाप्त भएको बताएका थिए तर यो झुठो थियो । अफगानिस्तनामा अल कायदा समाप्त भएको नभई कमजोर भएको हो । अल कायदाको उपस्थीति अझै पनि कायम रहेको छ ।

त्यतीबेलाको एक अन्तर्वार्तामा बाइडेनले अफगानिस्तानमा राष्ट्र निर्माणको अवधारणाले आफूलाई कहिल्यै कुनै अर्थ नराखेको बताएका थिए । वास्तवमा बाइडेनले अघिल्ला वर्षहरूमा स्पष्ट रूपमा राष्ट्र निर्माणको वकालत गरेका थिए।

जुलाईमा अमेरिकी सेनालाई सहयोग गरेका अफगानीहरूलाई तुरुन्तै स्थानान्तरण गर्न दबाब परेको बेला अफगान अनुवादकहरूलाई उनीहरूको भिसा आवेदनको प्रक्रियाको लागि अमेरिका आउनको लागि कानूनले अनुमति नदिने बाइडेनको दावी थियो । तर अध्यागमन कानूनका विज्ञहरूले तुरुन्तै यो सत्य नभएको बताएका थिए । परोल दिने प्रशासनको अधिकार थियो र पछि बाइडेन प्रशासनले यसैको प्रयोग गरेको थियो ।

त्यस्तै डिसेम्बरमा बाइडेनले एउटा अन्तर्वार्तामा आफू सुरुदेखि नै अफगानिस्तानमा युद्धको विरुद्धमा रहेको बताएका थिए । तर वास्तवममा उनी सुरुदेखि नै यसको विरुद्धमा थिएनन् ।

अर्थतन्त्रका बारेमा पनि बाइडेनले केही झुठहरु बोलेका छन् । अटोमोबाइल मूल्यमा भएको मुद्रास्फीतिको बारेमा जुलाईमा सोध्दा बाइडेनले कारको मूल्य महामारी अघिको जस्तो भएको दावी गरेका थिए तर वास्तवमा सन् २०१९ को अन्त्य र सन् २०२० को को शुरुवात देखि मूल्यमा पर्याप्त वृद्धि भएको थियो। नोभेम्बर मा एक आर्थिक भाषण उनले आफ्नो कार्यकालमा बेरोजगारी दरमा गिरावटको हदको धेरै बढाइचढाइ गरेका थिए ।

मे महिनामा उनले आफ्नो अमेरिकी रोजगार योजनाले कति रोजगारी सिर्जना गर्ने भन्ने विषयमा अर्थशास्त्रीहरूबीच सहमति भएको दाबी गरे । त्यस्तै फेडरल रिजर्भका पछिल्ला पाँच नेताहरूले योजनाले आर्थिक बृद्धि गर्ने बताएका थिए भनी झुटो दाबी गरे । फेडरल रिजर्भले योजनाले आर्थिक बृद्धि गर्ने बताएको थियो । बाइडेनले पाँच पूर्व आन्तरिक राजस्व सेवा प्रमुखहरूले लेखेको लेखको सामग्री र लेखकत्व दुवैलाई गलत तरिकाले वर्णन गरेका थिए ।

कोरोना महामारीका सम्बन्धमा पनि उनले केही झुठहरु बोलेका छन् । बाइडेनका पहिलो वर्षका धेरै भाषणहरू कोविड सम्बन्धित थिए। उनले भाइरस कसरी हराउनेछ भन्ने बारे कैयन गलत दावीहरु गरे । गत जुलाईमा बाइडेनले खोप लगाएकाहरुलाई कोरोना संक्रमण नहुने गलत प्रतिवद्धता जनाए । तर ओमिक्रोन फैलिनुभन्दा अगाडि पनि खोप लगाएकाहरु संक्रमित भए । यद्यपी भ्याक्सिन लगाएकाहरु सिकिस्त हुने दर भने निकै कम रहेको छ । बाइडेनले उक्त भाषणमा खोप लगाएको खण्डमा अस्पतालमा भर्ना हुनु नपर्ने र आईसीयुमा भर्ना हुनु नपर्ने, कसैको पनि मृत्यु नहुने भन्दै निकै बढाईचढाई गरेका थिए ।

गत मे महिनामा बाइडेनले विश्वका बाँकी देशहरूको तुलनामा अमेरिकाको खोप दर कसरी बढेको छ भन्नेबारे बढाईचढाई गरेका थिए । उनले महामारीसँग सम्बन्धित तथ्य र तथ्याङ्कहरू छलफल गर्न विभिन्न त्रुटिहरू गरेका थिए । फेब्रुअरीमा बाइडेनले महामारीको बीचमा आत्महत्या बढेको दावी गरे । तर विज्ञहरूले त्यसबेलाको दाबी छिटो भएको र पछि यो गलत सावित भएको बताएका थिए ।

अक्टोबरमा बाइडेनले अमेरिकाका ८ लाख भन्दा बढी खोप केन्द्रहरु रहेको बताएका थिए । तर यो गलत थियो । उनले तथ्यांकका एउटा जिरो थपेका थिए । वास्तवमा यो संख्या ८० हजार थियो ।

जब बाइडेनले आफ्ना कर्मचारीहरूद्वारा जाँच गरेर तयार पारेका भाषणहरू सिमित रहेका थिए, उनी धेरैजसो तथ्यपरक हुन थाले । पत्रकार र नागरिकहरूसँग अन्तरकृयामा भाग लिंदा उनी गलत तथ्य र विवरणमा छिरेको पाइयो । दक्षिणी सीमामा स्थितिलाई सम्हालेको सन्दर्भदेखि भर्जिनियाको बन्दुकको कानूनबारे राजनीतिक इतिहाससम्म उनले झूटा वा भ्रामक दावीहरू गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com