बक्सर किंग माइक टाइसन भन्छन्,”नेपाल एक अध्यात्मिक शक्तिसँग जोडिएको देश हो”


प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार

संसारको सबैभन्दा शक्तिशाली बक्सरका किंग मानिने अमेरिकी हेभिवेट बक्सर माइक टाइसन (माइकल जेराल्ड टाइसन)ले नेपाल अध्यात्मिक शक्तिको देश भएको बताएका छन् ।

‘इम्पल्सिभ’को २४७ औं एपिसोडको अन्तर्वार्तामा बोल्दै बक्सर माइक टाइसनले नेपाल इन्ट्रेस्टिङ ठाउँ भएको र अध्यात्मिक शक्तिको देश भएको बताएका हुन् ।

 

अन्तवार्ताका दौरान उनले भनेका छन्, ‘नेपाल एक इन्ट्रेस्टिङ ठाउँ हो । नेपालमा धेरै पहाडहरु छन् । धेरै मोङ्क ९भिक्षु०हरु छन् । त्यहाँ धेरै मन्दिरहरु बनाइएका छन्, जसले अध्यात्मिक शक्तिलाई दर्शाउँछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

जहिल्यै पनि आक्रमक रुपमा देखिने माइक टाइसन शालीन रुपमा प्रस्तुत हुँदै सांसरिक माया र भौतिक जीवन सीमित समयका लागि मात्रै भएको बताए । साथै उनले आफ्नो जीवनलाई नियाल्दा एक जोक्स जस्तो लाग्ने पनि बताएका छन् ।

 

नेपालको बारेमा कसरी थाहा पाएको भन्ने प्रश्नमा माइक टाइसनले आफ्नो धेरै नेपाली साथीहरु भएको र किताबहरुबाट पनि जानकारी लिएको बताएका छन् ।

साथै नेपाल जान चाहनुहुन्छ रु भन्ने प्रश्नको जवाफ दिदै माइक टाइसनले भनेका छन्, ‘हो जान चाहन्छु, जहाँ मैले आफ्नो जीवनलाई अझ राम्रो बनाउन सकुँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com