अमेरिकामा ट्याक्स फाइल सोमबारदेखि, न्युयोर्कको लुम्बिनी वर्ल्डवाइडबाट पनि सेवा सुरु


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

अमेरिकामा आगामी सोमबारदेखि ट्याक्स फाइल गर्न सकिनेछ । निश्चित मापदण्ड पूरा भएकाहरुका लागि आईआरएसले निशुल्क ट्याक्स फाइलको सुविधा पनि उपलब्ध गराएको छ । तर आफै ट्याक्स फाइल गर्न अन्यौल हुनेहरुले कर फाइल गरिदिने आधिकारिक व्यक्तिको सहायता लिन सक्छन् ।

न्युयोर्कको ज्याक्सनहाइटमा रहेको लुम्बिनी वर्ल्डवाइड इन्कले पनि यो बर्षदेखि ट्याक्स सेवा सुरु गरेको छ । अध्यागमन सम्बन्धि सहायता, स्वतन्त्र पारालिगल र कानूनी अनुवाद लगायतका सेवाहरु प्रदान गर्दै आएको लुम्बिनी वर्ल्डवाइड इन्कले यसपटकदेखि व्यक्तिगत ट्याक्स फाइल गरिदिने सेवा पनि सुरुवात गरेको कन्सल्ट्यान्ट मनमोहन सिंह घिमिरेले जानकारी दिए ।

ज्याक्सनहाइटको ७७ औं स्ट्रीटको ३७४० मा हालैमात्र सरेको वर्ल्डवाइड इन्कले विगत लामो समयदेखि अध्यागमन सम्बन्धि फर्महरु भर्न सघाउने, कम्पनी दर्ता गर्ने, नेपाली तथा हिन्दी भाषाबाट अँग्रेजीमा अनुवादको काम गर्ने लगायतका सेवाहरु उपलब्ध गराउँदै आएकोमा अब एउटै छानामुनी ट्याक्सको कामपनि गरिने घिमिरेले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्ना सेवाग्राहीहरुलाई कानूनी परिधिमा रहेर गुणस्तरीय सेवा प्रदान गर्न आफूहरु प्रतिवद्ध रहेको उनले बताए । घिमिरेले जितेन्द्र ढकालसँगको सहकार्यमा ट्याक्स सेवाको सुरुवात गरेका हुन् ।

जितेन्द्र ढकाल

ट्याक्स फाइल गरिदिने व्यक्ति आधिकारिक हो कि होइन भन्ने थाहा पाउन विभिन्न डाटाबेसमा विवरण हेर्नु आवश्यक छ । न्युयोर्क राज्यमा दर्ता भएका कर फाइल गरिदिने व्यक्तिको विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।

ट्याक्स फाइल गर्दा हस्ताक्षर नगर्ने ‘भूत तयारकर्ता’ बाट सावधान !

के तपाईको तर्फबाट ट्याक्स रिटर्न फाइल गर्दा ट्याक्स फाइल गरिदिने व्यक्ति वा सीपीएले तपाईको ट्याक्स रिटर्न फाइल गर्ने फर्ममा हस्ताक्षर गरेका छैनन् ? यस्ता व्यक्तिलाई आईआरएसले भूतको संज्ञा दिदै सावधान रहन करदाताहरुलाई चेतावनी दिएको छ ।

आईआरएसले भनेको छ -‘भूत करफाइल तयारकर्ताले तपाईको ट्याक्स रिटर्न विद्युतीय रुपमा फाइल गर्नका लागि तयार गर्छ । तर रकम लिएको करफाइल गरिदिने व्यक्तिका रुपमा डिजिटल रुपमा हस्ताक्षर गर्न अस्वीकार गर्छ । यो ठगी हो, जसले इमान्दार व्यक्तिलाई नोक्सान पुग्छ ।’

कर फाइल गरिदिने त्यस्ता व्यक्तिले आईआरएसबाट आफ्नो परिचय लुकाउनका लागि ट्याक्स फाइल गर्दा तयारकर्ताका रुपमा आफ्नो विवरण पेश गर्दैनन् । धेरै रकम दिलाइदिने प्रतिबद्धता जनाएका उनीहरुले ठगी र जालसाजी समेत गर्नसक्ने भएकाले ट्याक्स पेशाकर्मी छनौट गर्दा बुद्धिमानी तरिकाले छनौट गर्न आईआरएसले सुझाव दिएको छ ।

रकम लिएर कर फाइल गरिदिने व्यक्तिले यो पृष्ठमा विवरण उल्लेख गरेर हस्ताक्षर गरेको हुनुपर्छ ।

भूतजस्तै उनीहरु अदृश्य हुन चाहने भएकाले उनीहरुले कागजीरुपमा फाइल गर्दा वा विद्युतीय रुपमा फाइल गर्दा आफ्नो विवरणहरु पेश नगर्ने आईआरसको भनाई छ । कानून अनुशार ट्याक्स फाइल तयार गर्ने वा फाइल गरिदिने व्यक्तिको तयारकर्ताका रुपमा ट्याक्स आईडी नम्बर हुनुपर्छ । र त्यो ट्याक्स फर्ममा उल्लेख गर्नुपर्छ । उनीहरुले आफ्नो पीटीआर्ईएन नम्बर उल्लेख गरेर फर्ममा हस्ताक्षर गर्नुपर्छ ।

त्यस्ता करदाताले कर फाइल गरिदिएबापतको रकम नगदमा माग्ने, रिसिप्ट दिन अस्वीकार गर्ने, रिफण्ड बढी बनाउन नक्कली कर कटौती गर्ने, करदाताको एकाउन्टमा नभई आफ्नै एकाउन्टमा रिफण्ड डिपोजिट गराउने लगायतका गतिविधि गर्न सक्छन् ।

तपाईको कर फाइल तयार गरिदिने व्यक्ति पेशागत वा लाइसेन्सप्राप्त हो वा होइन भन्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला । देशमा युएसए छनौट गरेर उक्त व्यक्तिको थरमात्र हाल्नुभएको खण्डमा तपाईले उक्त व्यक्तिको विवरण प्राप्त गर्न सक्नुहुनेछ ।

नोट: यहाँ फेला नपरेका व्यक्तिहरु सबै अनाधिकृत भने होइनन् । सीपीएका परिचयपत्रहरु आईआरएस लाई स्वरिपोर्ट गरिन्छ। आईआरएसले सीपीएका पपिरचय डाइरेक्टरीमा समावेश गर्नु अघि प्रमाणीकरण गर्दछ, तर प्रमाणीकरण पछिपनि प्रमाणीकरण अमान्य हुने अवस्थाहरू हुन सक्छन्। प्रयोगकर्ताहरू स्टेट बोर्ड अफ एकाउन्टे्न्सी जस्ता प्रमाणको मुख्य स्रोतमा भर पर्नु पर्छ । आधिकारिक वर्तमान स्थितिको लागि यो निर्देशिका होइन। थप रूपमा आईआरएसले कुनै पनि तयारीकर्ता वा अर्कोमा प्रमाण पत्रलाई समर्थन गर्दैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com