अमेरिकामा पछि हट्दै ओमिक्रोन


प्रकाशित मिति : माघ ५, २०७८ बुधबार

कोरोनाको ओमिक्रोन भेरियन्टले आक्रान्त पारेको अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमण घट्दो रहेको छ । कोरोनाको संक्रमण घट्दो रहेका राज्यहरु बढिरहेका छन् भने डेल्टाको तुलनामा कोरोनाको ओमिक्रोन भेरियन्टबाट सिकिस्त हुने दर पनि निकै कम रहेको छ ।

र, कोरोनाबिरुद्धको भ्याक्सिन अर्थात् बुस्टर शटले पनि प्रभावकारी रुपमा नै काम गरिरहेको छ । खासगरी बुस्टर शटका कारण अस्पताल भर्ना हुने र मृत्यु हुने दरमा अत्यन्तै कमी आएको छ ।

अमेरिकामा कोरोनाबाट ज्वरो आएको तथ्यांक

गतसातादेखि न्युयोर्क, न्युजर्सी, मेरिल्याण्ड र कनेक्टिकटमा कोरोना संक्रमण ३० प्रतिशतले कमी आएको छ । कोलोराडो, फ्लोरिडा, जर्जिया, मासाचुसेट्स र पेन्सिलभेनियामा कोरोना संक्रमणमा १ प्रतिशतले कमी आएको छ । क्यालिफोर्नियामा भने कोरोना संक्रमण अझै उच्च बिन्दुमा छ ।

दैनिक अस्पताल भर्ना हुने दर विभिन्न राज्यमा

न्युयोर्कका मेयर एरिक आडम्सले कोरोना पराजित हुँदै गएको र न्युयोर्कबासीले जितिरहेको बताएका छन् । न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले चिसोयामको कोरोना संक्रमण बृद्धिको च्याप्टर छिट्टै बन्द हुने बताएकी छिन् ।

बुस्टर शटले विश्वब्यापी रुपमा नै काम गरिरहेको विभिन्न तथ्यांकले पुष्टी गरेको छ । मृत्यु हुने अधिकांश भ्याक्सिन नलगाएकाहरु रहेका छन् भने बुस्टर डोज लगाएकाहरुको मृत्यु हुने दर कम रहेको स्वीटजरल्याण्डको तथ्यांक रहेको छ ।

स्वीट्जरल्याण्डमा साप्ताहिक मृत्युदर

न्युयोर्कमा पनि यस्तै तथ्यांक रहेको छ ।

न्युयोर्क सिटीमा भ्याक्सिन लगाएका र नलगाएकाहरुको मृत्युदर

अमेरिकामा कोरोनाबाट मृत्यु हुने दर औषतमा दैनिक २ हजार रहेको छ । फरबरीको सुरुवातमा पनि यो कायम रहने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com