Follow @khasokhasmag

आप्रवासी चढेको डुंगा डुब्दा, ४३ जनाको मृत्यु


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ ।

दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ ।

 

दुर्घटनापछि डुबेका मानिसहरुले सहयोगका लाग याचना गर्दै चिच्चाएका थिए ।

‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्दारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ ।

फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ ।

४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए । एजेन्सी

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com