न्युयोर्क सिटीका पूर्व मेयर ब्लाजिओ राज्यको गभर्नरमा नउठ्ने
प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

न्युयोर्क सिटीका पूर्व मेयर बिल ब्लाजिओ राज्यको गभर्नरमा नउठ्ने भएका छन् । यसैबर्ष हुने गभर्नरको चुनावमा आफूले उम्मेदबारी नदिने ब्लाजिओले स्पष्ट पारेका हुन् ।
I am not going to be running for Governor of New York State, but I am going to devote every fiber of my being to fighting inequality in the state of New York. pic.twitter.com/cBZ03BpO0s
— Bill de Blasio (@BilldeBlasio) January 18, 2022
आफू गभर्नरमा नलड्ने तर न्युयोर्क सिटीमा असमानताबिरुद्ध लड्न निरन्तर लागि पर्ने ब्लाजिआले ट्वीटमार्फत घोषणा गरेका छन् । न्युयोर्कको गभर्नरमा क्याथी होचुल सम्भावित उम्मेदबारका रुपमा अग्रपंक्तिमा रहेको सर्वेक्षण लगत्तै ब्लाजिओको यस्तो घोषणा आएको हो ।