३५ वर्षमा १६ करोड बचत, महिलाले अपनाइन् यस्तो तरिका !


प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार

 

यो कहानी एक यस्ती महिलाको हो जसले फजुलखर्च नगरेर १० करोड रुपैयाँ जोगाएको र ३५ वर्षको उमेरमा नै कामबाट अवकाश लिएको दाबी गरेकी छिन् । यी महिलाको नाम केटी डोनेगन हो । पछिल्लो दुई वर्षदेखि केटी आफ्ना श्रीमान् एलनसँग थुप्रै विदेशको भ्रमण गरिरहेकी छिन् ।

केटी डोनेगनले ‘द सन’ सँगको कुराकानीमा आफूलाई सानैबेलादेखि फजुल खर्च गर्न मन नपर्ने बताइन् । उनले भनिन्, ‘हामीसँग साधारण जीवनयापनका लागि पैसा थियो तर विलासी तरिकाले बिदा मनाउन वा महँगो होटलमा खाना खाने पैसा थिएन । म सधैं आफ्नो ‘पकेट मनी’ बचाउँथे । यो पैसा खर्च गर्नभन्दा पनि बढेको देखेर खुसी हुन्थेँ ।’

केटी डोनगनले थपिन्, ‘सुरुमा मैले ९ पाउन्ड प्रति घण्टाको हिसाबले काम गरेँ । त्यसपछि जनवरी सन् २००५ मा कोस्टा रिका गएँ र त्यहाँ एलनसँग भेट भयो । त्यसपछि पुनः म पढ्नका लागि यूके गएँ, त्यति नै बेला मैले फजुलखर्च रोकेँ, नयाँ कपडा किनिनँ, सस्तो रेष्टुरेन्टमा खाना खाएँ र कसैबाट पनि ऋण लिइनँ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सन् २००८ मा ग्रेजुएशनपछि हामी ह्याम्सफायरस्थित एलनकी आमाको घरमा बस्न थाल्यौं । यसो गरेर हामीले घरका लागि पैसा जोगाउन सक्थ्यौं । त्यतिबेला मैले वार्षिक २८,५००  पाउन्ड कमाउँथे । एलनका आम्दानीका विभिन्न स्रोत थिए । उनी अध्यापनसमेत गर्दथे ।’

‘हामीले प्याक गरिएका खाना खायौं, सेकेन्ड ह्यान्ड स्कोडा चढ्यौं र महँगो नाइटआउटमा जानुको साटो साथीहरुलाई घरमा नै बोलायौं । हामीले धेरै पैसा बचत गर्न सफल भयौं र सन् २०१० को नोभेम्बरमा १६७,६५० पाउन्डको दुई बेडरुम फ्ल्याटको लागि ४२,००० पाउन्ड एडभान्स तिर्न सफल भयौं । हामीले सन् २०१३ मा विवाह गर्यौं । यसका लागि सामुदायिक भवन बुक गर्यौं, इमेलमार्फत् निम्तो पठायौं, साथीहरुले विवाह स्थल सिँगारे र निकै कम खर्चमा विवाह सम्पन्न भयो । ’

‘सन् २०१४ मा थुप्रै पटक प्रोमोसन भएपछि मैले ५८,००० पाउन्ड कमाइरहेकी थिएँ । यो रकम ठूलो थियो तर म आफ्नो भ्रमणलाई कम नै राख्ने कुरामा दृढ थिएँ । एलनले वार्षिक ६३,००० पाउन्ड घर ल्याउँथे । हामीले मासिक ३ हजार पाउन्ड बचत गर्ने गर्दथ्यौं ।’

‘सन् २०१५ मा मैले  FIRE (Financial Independence, Retire Early)​ पढेँ । यसमा आफ्नो भ्रमणलाई सकेसम्म कम गरिन्छ र आफूले सकेजति बचत गरिन्छ । मैले आफ्नो बचत सेयरमा लगानी गरेँ र  अन्त्यमा बचतबाटै कमाई गर्न थाल्यौं ।’

‘त्यतिबेलासम्म हामीले २९१,००० पाउन्ड बचत गरेका थियौं । एलनले सन् १९९६ देखि बचत गरिरहेका थिए र मैले भने आफ्नो स्नातक पछि उनलाई यसमा सहयोग गरेँ । त्यसपछि हामीले ३ वर्षभित्र १ मिलियन पाउन्ड जम्मा गरिसक्ने योजना बनायौं ताकि अवकाश लिन सकौं ।’

‘हामीले खासमा काम मननपरेका कारण अवकाश लिन चाहेका थिएनौं । यसमा आर्थिक स्वतन्त्रता र गुणस्तरीय जीवन समेटिएको थियो । थप पैसा कमाउन मैले आफ्नो जागिर छोडिदिएँ र कन्ट्र्याक्टरको रुपमा काम गर्न सुरु गरेँ ।’

‘कति साथीहरुले हामीलाई पागल भन्थे । हामीलाई पुरानै फ्ल्याट र कारमा टाँस्सिरहेको देख्दा उनीहरुले यसो भन्ने गर्थे तर हामीले स्टक मार्केटमा कसरी लगानी गर्ने भनेर पढ्यौं ।’

सेप्टेम्बर सन् २०१८ मा हामीले लगानी र बचत गरी ८९८,००० जम्मा गर्न सफल भएका थियौं । त्यतिबेलासम्म पनि हामीले हाम्रो १ मिलियन पाउन्डको उद्देश्य प्राप्त गर्न सकेका थिएनौं । तर मार्च र अप्रिल २०१९ मा हाम्रो सम्पत्तिमा ४६,००० पाउन्डको वृद्धि भयो । यसको अर्थ हामीसँग अब अवकाश लिन पर्याप्त रकम थियो । ’

‘काम नगर्ने मेरो निर्णयलाई एलनले साथ दिए । उनले पूर्ण अवकाश लिने सोच बनाएका छैनन् । उनले आफ्नो व्यापार बढाउने सोच बनाइरहेका छन् तर दैनिक काममा भने उनी सहभागि हुँदैनन् ।’

‘त्यसपछि हामीले हाम्रो फ्ल्याट भाडामा लगाउन पायौं । हामी फिरन्ते जीवनमा रमाउन पायौं । थाइल्याण्डदेखि मेक्सिकोमा साइक्लिङ, हाइकिङ गर्न पायौं र आफूले आफैंलाई फिट राख्न पायौं । कोभिडको कहर सुरु हुँदा हामी न्यू ओर्लिन्समा थियौं । यसकारण हामीले केही समयका लागि आफ्नो भ्रमण स्थगित गर्नुपर्यो । त्यसपछि सन् २०२० मा हामी बेलायत फर्कियौं ।’ एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com