खसोखास अब ११ बर्षमा: ट्वाबलोइड, म्यागाजिनहुँदै डिजिटलसम्म


प्रकाशित मिति : माघ ३, २०७८ सोमबार

न्युयोर्कबाट प्रकाशित हुँदै आइरहेको खसोखास ११ बर्षमा प्रवेश गरेको छ । खसोखास सन् २०१२ को जनवरी १५ देखि साप्ताहिक रुपमा प्रकाशन आरम्भ भएको थियो ।

सन् २०१२ को जनवरी १५ मा प्रकाशित पहिलो अंकको कभर । पहिलो अंकमा नै खसोखासले अध्यागमनबारे कभर स्टोरी बनाएको थियो ।

सन् २०१३ को मे ३ देखि प्रेस स्वतन्त्रता दिवशको अवशर पारेर खसोखासले आफ्नै अनलाइन संस्करण खसोखास डटकम सुरुवात गरेको थियो । साथै साप्ताहिक पत्रिकाको नाम समेत परिवर्तन गरेर खसोखास साप्ताहिक बनाएको थियो । त्यसैदिनदेखि दैनिक वेवपत्रिका समेत सुरुवात गरेको थियो ।

त्यो यता खसोखास निरन्तर रुपमा साप्ताहिक ट्वाबलोइड पत्रिका र अनलाइनका रुपमा प्रकाशन हुँदै आएकोमा सन् २०१७ देखि साप्ताहिक म्यागजिनका रुपमा प्रकाशन गरिएको थियो ।

न्युयोर्कको क्वीन्स लाइब्रेरीमा खसोखास

विगतमा लुम्बिनी इन्टरनेशनल इन्कले प्रकाशन गर्दै आएको खसोखास सन् २०१८ को जनवरीदेखि नमस्ते मिडिया इन्कले प्रकाशन गर्दै आएको छ । खसोखासको नेपाल संस्करण नमस्ते इन्टरनेशनल मिडिया गु्रप प्रालिको माताहतमा परीक्षणका क्रममा रहेको छ ।

खसोखासले सुरुवातदेखि नै अमेरिकामा रहेको नेपाली समुदायका चासोको विषयहरु र इमिग्रेशनलाई महत्व दिंदै आएको छ । कोरोनाको महामारीमा कोरोना भाइरस श्रोत केन्द्र नै संचालन गरेको खसोखासले अमेरिकी राजनीतिलाई पनि प्राथमिकता दिदै आएको छ ।

खसोखास ११  बर्षमा प्रवेश गरेको अवशरमा खसोखासका पाठक, विज्ञापनदाता, शुभचिन्तक, सहयोगी लगायत सबैलाई धन्यवाद ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com