टेक्सासमा बन्धक बनाउने व्यक्ति २ साता अगाडि अमेरिका आएको खुलासा, बेलायतमा २ जना पक्राउ


प्रकाशित मिति : माघ ३, २०७८ सोमबार

टेक्सासमा धार्मिकस्थलभित्र ४ जनालाई बन्धक बनाउने व्यक्ति २ साता अगाडि अमेरिका आएको खुलासा भएको छ । यहुदीहरुको धार्मिक स्थलमा शनिबार ४ जना व्यक्तिलाई घण्टौं बन्धक बनाउने व्यक्ति ४४ बर्षका बेलायती नागरिक मलिक फैसाल अक्रम न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट अमेरिका प्रवेश गरेको जनाइएको छ ।

एफबीआईको उद्दार टोलीले बन्धक बनाइएकाहरुको उद्दारका क्रममा अक्रम मारिएका छन् भने शनिबार राती ९ बजेतिर बन्धक बनाइएकाहरुको उद्दार गरिएको थियो । घटनास्थलबाट एउटा हतियार बरामद गरिएको थियो । बन्धक बनाइएका सबैजना सकुशल रहेका छन् ।

यो घटनाको अनुसन्धानका क्रममा बेलायतमा २ जना टिनएजरहरुलाई पक्राउ गरिएको छ । साउथ म्यानचेस्टरमा पक्राउ परेका ती टिनएजरको लिंग र उमेर भने खुलाइएको छैन । उनीहरुलाई हिराशतमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्धक बनाइएकाहरुको सकुशल उद्दार

अक्रम यहुदीहरुको धार्मिकस्थलमा शनिबार विहान ११ बजेतिर प्रवेश गरेर फेसबुक र जुममा लाइभ गरेको जनाइएको छ । त्यसपछि ४ जनालाई बन्धक बनाइएकोमा एकजनालाइै बेलुका ५ बजेतिर रिहा गरिएको थियो । बन्धक बनाउने अक्रमले जेलमा रहेकी अफिया सिद्दिकीको रिहाईको माग गर्दै उनीहरुलाई बन्धक बनाएको जनाईको छ ।

अक्रमका भाई गुलबारले अक्रमको मानसिक स्वास्थ्य ठीक नभएको बताएका छन् । उनले पीडितहरुसँग माफी समेत मागेका छन् ।

को हुन् सिद्धिकी ?

अमेरिकी सेनाको हत्या प्रयास गरेको अभियोगमा ८६ बर्षको जेल सजाय भोगिरहेकी सिद्दिकीको रिहाईको माग गर्दै बन्धक बनाइएको थियो । सिद्दिकी लामोसमयसम्म आतंकवादी दुनियामा कुख्यात नाम हो । उनी लेडी अलकायदाका रुपमा समेत कुख्यात थिइन् । आईसीसले पनि उनको रिहाईको माग गरेको थियो ।

सन् २०१० मा अफगानिस्तानमा अमेरिकी सेना र अधिकारीहरुको हत्या प्रयास गरेको अभियोग पुष्टी भएपछि उनले जेल जीवन बिताइरहेकी छिन् । उग्रवादी इस्लामहरुका साथै मुलधारका अमेरिकी मुस्लिम समुहहरुले समेत उनको रिहाईको माग गर्दै आएका छन् । सिद्दिकी निर्दोष रहेको र रिहा गर्नुपर्ने माग गरिदै आएको छ । सन् २०१४ मा आईसीसले पनि अमेरिकन पत्रकार जेम्स फोलेको रिहाईका लागि सिद्दिकीलाई अमेरिकाले रिहा गर्नुपर्ने माग गरेको थियो तर पछि आईसीसले ती पत्रकारको हत्या गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com