अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच कोरोना र सुरक्षाका बारेमा छलफल


प्रकाशित मिति : माघ ३, २०७८ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किशिदाका बीचमा छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि दुई पक्षीय हित, साझा सरोकार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा उहाँहरुले छलफल गर्नु भएको जनाएको छ । त्यसैगरी जलवायु परिवर्तन र नयाँ नयाँ प्रविधिका बारेमा समेत उहाँहरुका बीचमा छलफल भएको ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

“बैठकमा विषेश गरेर अमेरिका र जापानको सम्वन्ध, सहकार्य, शान्ति र सुरक्षा, इन्डो प्यासेफिक क्षेत्रको स्थिरतालगायका बारेमा छलफल भएको छ,” वक्तव्यमा लेखिएको छ ।वाइडेन र किशिदाका बीचमा भौतिक भेट भने कोप २६ शिखर सम्मेलनको सिलसिलामा स्कटल्याण्डमा भएको थियो ।एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com