फेसबुकविरुद्ध मुद्दा दर्ता, ४.४ करोड बढी यूजर्सको डेटा गलत तरिकाले प्रयोग गरेको आरोप


प्रकाशित मिति : माघ ३, २०७८ सोमबार

सोशल मिडिया कम्पनी फेसबुक (मेटा) माथि ४.४ करोडभन्दा बढी यूजर्सको डेटा गलत तरिकाले प्रयोग गरेको आरोप लागेको छ । सो कम्पनीले यूजर्समाथि नाजायज सर्त राखेर उनीहरुको निजी डेटा सेयर गरेर अर्बौ डलर सम्पत्ति कमाएको आरोप लागेको हो ।

यसलाई लिएर कम्पनीका विरुद्धमा बेलायतमा ३२ करोड डलरको मुद्धा दर्ता गरिएको छ ।

बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) का वरिष्ठ सल्लाहकार लिजा लवडाल गोर्मसनले ती पीडितको तर्फबाट मुद्दा दर्ता गरेका हुन् । जसले सन् २०१५ देखि २०१९ को बीचमा फेसबुकको प्रयोग गरेका थिए । लन्डनको कम्पिटिसन अपिल ट्रिब्यूनलले यो मुद्दाको सुनुवाई गर्नेछ । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com