यी व्यक्तिले ५ वर्षसम्म दिनमा केवल ६ मिनेट काम गर्दथे तर बढुवा पनि भयो,तलब पनि बढ्यो


प्रकाशित मिति : माघ २, २०७८ आईतबार

सामाजिक सञ्जालमा मानिसहरुले आजभोलि आफ्नो जीवनसँग सम्बन्धित घटना सेयर गर्छन् । एक व्यक्तिले अनलाइन सेयरिङ साइट रेडिटमा आफ्नो जीवनसँग सम्बन्धित  यस्तो कुरा बताएका छन्, यो बारेमा तपाई थाहा पाएर अचम्ममा पर्नुहुने छ ।

यी व्यक्तिले आफ्नो नोकरीको अनुभव सेयर गरेका छन् । उनले ५ वर्षसम्म जागिरको रूपमा केही गरेनन् । तर, उनको तलब र बढुवा पनि हुँदै गयो । यी व्यक्तिले २०१५ मा डाटा इन्ट्रिको पदमा जागिर सुरु गरेका थिए । उनी इमेलबाट केही दस्ताबेज पठाउने गर्दथे । जसको सूचना सिस्टममा फिड गर्नु रहेको थियो ।

उनले थप जे कुरा बताए त्यो अचम्म लाग्ने खालको थियो । आफू रातभर काम गर्ने नगरेको तर यसले आफूलाई कुनै नोक्सानी नभएको बताए । उनले १ कोडबाट आफ्नो पुरा काम केही मिनेटमै गर्दथे । यी व्यक्तिले उक्त कोडलाई एक फ्रिलेन्सरबाट विकसित गराएका थिए । किनकि उनलाई कोडिङ आउँदैनथ्यो । उनले आफ्नो २ महिनाको तलब कोडिङ विकास गर्नमा खर्च गरेका थिए । उनलाई यती मात्रै गर्नुथियो कि १ घण्टामा धेरै अर्डर प्रोसेस गर्नु ।

कम्पनीले ढुवानीको पैसा जोगाउन उक्त व्यक्तिलाई वर्क फ्रम होम गर्ने अनुमति दियो । कोडिङपछि उनी रातभरिको काम केवल ६ मिनेटमा गर्दथे ।यसपछि उनी फिल्म हेर्ने वा सुत्ने गर्दथे । सबै भन्दा अचम्मको कुरा के थियो भने उनको बढुवा पनि भयो र तलब पनि बढ्यो । एजेन्सी

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com