टिग्रे हवाई हमलामा एक महिनामा १०८ सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ


प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार

इथियोपियाको युद्धग्रस्त उत्तरी टिग्रे क्षेत्रमा भएको श्रृंखलाबद्ध हवाई कारबाहीमा यस महिनामा कम्तीमा १०८ सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसंघले त्यहाँको खाद्य वितरण कार्य रोकिनसक्ने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा आउनसक्ने मानवीय सङ्कटबारे पनि चेतावनी दिएको छ ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयले इथियोपियाली अधिकारीहरूलाई नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । यस संस्थाले गैर–सैन्य निशानामा प्रहार गरिएको असमान आक्रमण युद्ध अपराध बराबर हुनसक्ने चेतावनी दिएको छ ।

यस क्षेत्रको सत्ताधारी दल ‘टिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ)’ले संघीय सेनाको शिविरहरूमा आक्रमण गरेको आरोप लगाएपछि प्रधानमन्त्री अबी अहमदले उत्तरी इथियोपियाको टिग्रे क्षेत्रमा सन् २०२० को नोभेम्बरदेखि द्वन्द्व सुरू भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले जेनेभामा संवाददाताहरूसँग भन्नुभयो, “इथियोपियाको टिग्रे क्षेत्रमा हवाई हमलाका कारण सर्वसाधारण घाइते हुने वा मर्ने अवस्थाले हामीलाई चिन्तित बनाएको छ ।

उहाँले भन्नुभयो, “इथियोपियन वायुसेनाले गरेको भनिएको हवाई हमलाका कारण नयाँ वर्ष सुरु भएयता कम्तीमा १०८ सर्वसाधारण को मृत्यु भएको र अन्य ७५ जना घाइते भएको रिपोर्टहरूमा जनाइएको छ ।”

उहाँले आन्तरिकरूपमा विस्थापित व्यक्तिहरूका लागि जनवरी ७ मा डेडेबिट शिविरमा भएको आक्रमणलगायतका विभिन्न हवाई हमलामा परी कम्तीमा ५६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जना घाइते भएका पुष्टि गर्नुभयो । घाइतेमध्ये तीन जनाको पछि अस्पतालमा मृत्यु भएको थियो ।

यस हप्ता पनिसोमबार १७ जना नागरिकको मृत्यु भएको र २१ जना घाइते भएको रिपोर्ट गरिएको छ । एउटा मिलमा भएको हवाई आक्रमणपछि मंगलबार राज्यको स्वामित्वमा रहेको एउटा प्राबिधिक तथा व्यवसायिक शिक्षा तथा ट्रेनिङ इन्स्टिच्युटमा प्रहार भएको थियो र तीन जनाको मृत्यु भएको थ्रोसेलले बताउनुभयो । गत हप्ता अन्य थुप्रै हवाई हमलाको रिपोर्ट गरिएको उहाँको भनाइ छ ।

थ्रोसेलले भन्नुभयो, “हामी इथियोपियाली अधिकारीहरू र उनीहरूका सहयोगीलाई अन्तरराष्ट्रिय कानुनअन्तर्गत उनीहरूको दायित्व अनुरूप नागरिक तथा नागरिक वस्तुहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्छौं ।” उहाँले थप्नुभयो, “भिन्नता र समानुपातिक सिद्धान्तलाई आदर गर्न नसक्नु नै युद्ध अपराध हुन सक्छ ।”

यसबीच संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले टिग्रेमा मानवीय सहयोग वितरण न्यून हुँदै गएको बताएको छ । द्वन्द्वको वृद्धिको कारण डिसेम्बरको मध्यदेखि कुनै पनि समूह सहयोगसहित टिग्रेको राजधानी मेकेलमा पुगेको छैन ।

विश्व खाद्य कार्यक्रमका प्रवक्ता टोमसन फिरीले संवाददाताहरूसँग भन्नुभयो, “ छिमेकमा भएको तीव्र लडाइँले इन्धन र खाद्यान्नको मार्ग रोकेको कारण उत्तरी इथियोपियामा जीवन रक्षार्थ दिइँदै आएकोे खाद्य सहायता परिचालन रोक्न लागिएको छ ।

फिरीले थप्नुभयो, “उत्तरी इथियोपियामा १४ महिनाको द्वन्द्वपछि खाद्यान्नको आवश्यकता पहिलेभन्दा धेरै भएको छ । खानेकुरा र इन्धनमा नागरिक वा सहयोगी संस्थाको पहुँच छैन । हामी ठूलो मानवीय विपत्तिको मुखैमा छौं ।” एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com