इनर्जी ड्रिंक आयातमा प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध डब्लूटीओमा पुग्यो थाइल्याण्ड


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

थाइल्याण्ड सरकार नेपालविरुद्ध विश्व व्यापार संगठन (डब्लूटीओ)मा पुगेको छ । इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने नेपालको निर्णयविरुद्ध थाइल्याण्ड डब्लूटीओको सरणमा पुगेको हो ।

नेपालले व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै २०७६ को असारमा  विदेशबाट आउने इनर्जी ड्रिंक र जुस आयातमा प्रतिबन्ध लगाएको थियो । यसमा थाइल्याण्डबाट आयात हुने रेडबुल समेत पर्यो । नेपाल सरकारको  निर्णयविरुद्ध थाइल्याण्ड सरकार डब्लूटीओको ढोका ढकढक्याउन पुगेको हो ।

थाइल्याण्डले डब्लूटीओलाई दिएको सूचनाअनुसार नेपालको उक्त निर्णयबाट त्याँहाका निजी क्षेत्रले रेडबुल निर्यात रोकिएको छ । यो निर्णयबाट नेपाली बजारलाई लक्षित गर्दै गरिएको लेबलिङ, डिजाइन र उत्पादन प्रभावित बनेको थाइल्याण्डको दाबी छ । सरकारको यो निर्णय अघि थाइल्याण्डबाट वार्षिक अर्बौ रुपैयाँको रेड बुल ९इनर्जी ड्रिंक० आउने गरेको थियो ।

पालले इनर्जी ड्रिंकको आयात प्रतिबन्ध लगाउने निर्णय गरेपछि दुईपक्षीय वार्ता गरेपनि सफल हुन सकेको थिएन । थाइल्याण्डले नेपाल सन् २००४ मा विश्व व्यापार संगठनमा हस्ताक्षर गरेको र उक्त हस्ताक्षरपछि कुनै पनि वस्तुको आयात प्रतिबन्ध लगाउन नमिल्ने थाइल्याण्डले स्मरण गराएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com