वासिंटन डिसीमा क्पापिटल प्रहरी मुख्यालय अगाडि बन्दुकसहित पुगेकी महिला पक्राउ


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

अमेरिकाको वासिंटन डिसीमा क्पापिटल प्रहरी मुख्यालय अगाडि बन्दुकसहित एकजना महिला पक्राउ परेकी छिन् । प्रहरीले बन्दुकको खोल र गाडीमा बन्दुकको कुन्दा देखेपछि ती महिलालाई पक्राउ गरेको थियो ।

केरी लिन म्याकेटी नामकी ती महिलाबिरुद्ध हतियारसम्बन्धी विभिन्न अभियोगहरु लगाइएको प्रहरीले जनाएको छ । उनले प्रहरी मुख्यालयको भवन अगाडि गाडी पार्क गरेर आफू मिसिगनबाट गाडी चलाएर वासिंटन डिसी आएको बताएकी थिइन् ।

उनले आफूसँग जनवरी ६ को क्यापिटल हिल दंगाका बारेमा सुचनाहरु रहेको प्रहरीलाई बताएकी थिइन् । क्यापिटल हिल दंगाको एकबर्ष पूरा भएको एकसाता भन्दा कम अवधिमा नै यो घटना भएको हो । ती महिला प्रहरीसँग कुरा गर्ने बाहेक अन्य आशयबाट आएको भने नदेखिएको प्रहरीले बताएको छ ।

अनलडो गरिएको २२ क्यालीबर राइफल, लोड गरिएको ४१० शटगन र अनलोड गरिएको ५० क्यालीबर बन्दुक गाडीबाट बरामद गरिएको प्रहरीले जनाएको छ । गाडीमा अन्य हातहतियारपनि बरामद गरिएको प्रहरीको भनाई छ । ती महिलाबिरुद्ध गैरकानूनी रुपमा हतियार राखेको, दर्ता नभएका हतियार राखेको, गैर कानूनी रुपमा सेमी अटोमेटिक राइफल राखेको र ट्रान्सपोर्ट गरेको लगायतका अभियोग लगाइएको छ ।

उनले आफ्नै इच्छाले हतियारहरु बोकेर हिडेको बयान दिएकी छिन् । ती महिला सन् १९८९ र सन् १९९१ मा अपराधमा दोषी ठहर भएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com