बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने, ओभरड्राफ्ट शुल्क घटाउने


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

बैंक अफ अमेरिकाले चेक बाउन्स शुल्क नलिने भएको छ भने ओभरड्राफ्ट शुल्क पनि घटाउने भएको छ । अमेरिकाको ठूलो मध्येको बैंकका रुपमा स्थपित बैंक अफ अमेरिकाले ग्राहकहरुलाई आकर्षित गर्न नयाँ योजना ल्याएको हो ।

अमेरिकामा चेस बैंकपछि दोश्रो ठूलो बैंकका रुपमा रहेको यो बैंकले अर्को महिनादेखि लागु हुनेगरी चेक बाउन्स शुल्क हटाउने भएको छ भने मे महिनादेखि लागु हुनेगरी ओभरड्राफ्ट शुल्क ३५ डलरबाट घटाएर १० डलर बनाउन लागेको छ । यदि ग्राहकको खातामा कम रकम भएको अवस्थामा बढी रकम खर्च गरेमा बैंकले ओभरड्राफ्ट शुल्क लिदै आएको छ ।

त्यस्तै बैंक अफ अमेरिकाले एटीएमबाट रकम निकाल्दा ग्राहकलाई ओभरड्राफ्ट हुन दिनेछैन । ओभरड्राफ्ट हुन नदिन एउटा एकाउन्टबाट अर्को एकाउन्टमा स्वत रकम स्थानान्तरण गर्दा लाग्ने १२ डलर शुल्क पनि हटाउने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेस बैंकले पनि ओभरड्राफ्ट शुल्कबारे कदम चालेको बताएको थियो । चेसले अप्रयाप्त कोष शुल्क हटाएको र ओभरड्राफ्ट शुल्क लिनु अगाडि ग्राहकले ओभरड्र गर्नसक्ने रकमलाई बढाएको चेसले बताएको छ ।

अमेरिकाको छैठौं ठूलो बैंकका रुपमा रहेको क्यापिटल वानले ग्राहकले खातामा भएको भन्दा बढी रकम खर्च गरेमा वा बढी रकमको चेक काटेमा ओभरड्राफ्ट भएको अवस्थामा जरिवाना नलिने घोषणा गरेको एकमहिनापछि बैंक अफ अमेरिकाको यो घोषणा आएको हो । एली लगायतका साना बैंकहरुले पनि हालैका दिनमा ओभरड्राफ्ट शुल्क हटाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com