ब्रेन ह्यामरेजका कारण संगिता ढुंगाना २ महिनादेखि भर्जिनियाको आईसीयुमा, सहयोगको अपिल


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

ब्रेन ह्यामरेजका कारण भर्जिनियाको आईसीयुमा रहेकी संगिता ढुंगानालाई सहयोगको अपिल गरिएको छ । उपचारका सहयोगका लागि गोफण्डमीमा ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा झण्डै १४ हजार डलर संकलन भइसकेको छ ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

गत नोभेम्बर ७ मा ढुंगानालाई स्ट्रोक भएको थियो । त्यसपछि तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सिकले मस्तिष्कमा रक्तश्राव भएको भन्दै आईनोभा फेयरफ्याक्स मेडिकल क्याम्पसको आईसीयुमा भर्ना गरेका थिए ।

उपचारका क्रममा कैयन पटक मस्तिष्कको सर्जरी गर्नुपरेको थियो । उपचारका क्रममा अतिरिक्त मेडिकल बिल, औषधी र अन्य खर्च भएकाले सहयोगको अपिल गर्नुपरेको उहाँका पति प्रेमचन्द्र ढुंगानाले जनाउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com