अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड  वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थियो ।

अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।

रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा रेकर्ड रुपमा कोभिड–१९ बिरामी अस्पताल भर्ना भएका छन् ।

सम्भावित रुपमा कम गम्भीर बताइएको ओमिक्रोन भेरियन्टको विषयमा स्वास्थ्य अधिकारीले यो भेरियन्टको संक्रमण बढेको खण्डमा अस्पतालको संरचनामा दबाब बढ्ने  चेतावनी दिएका छन् । रोयटर्सका अनुसार अमेरिकामा पछिल्लो ६ दिनमा करिब ५ लाख संक्रमित भेटिएका छन् । एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com