यी हुन् टिकटकमा सबैभन्दा धेरै कमाउने टिकटक स्टारहरु


प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

टिकटक मनोरञ्जनको साधनमात्र होइन, कतिपयका लागि आम्दानीको राम्रो माध्यम पनि हो । फोब्र्सले सबैभन्दा धेरै कमाउने टिकटक स्टारहरुको सुची प्रकाशित गरेको छ ।

गतबर्षको तुलनामा यो बर्ष सबैभन्दा धेरै कमाउने टिकटर स्टारहरुको आम्दानी बढेको छ । उनीहरुले सन् २०२१ मा ५५ मिलियन डलर कमाएको जनाइएको छ ।

टिकटकमा सबैभन्दा धेरै कमाउने स्टार हुन् चार्ली डिमेलियो । उनका १३३ मिलियन फ्लोअर रहेका छन् । उनले टिकटकबाट सन् २०२१ मा साढे १७ मिलियन डलर कमाएको फोब्र्सको अनुमान छ । उनले टिकटकमा ठूला ठूला ब्राण्डको प्रवद्र्धन गरेबापत उक्त रकम कमाएकी हुन् ।

त्यस्तै चार्लीकी दिदी डिक्सी डिमेलियो टिकटकमा सबैभन्दा धेरै कमाउनेमा दोश्रो नम्बरमा छिन् । उनका ५७ मिलियन फ्लोअर छन् भने उनले टिकटकमा सन् २०२१ मा १० मिलियन डलर कमाएको अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै तेश्रो नम्बरमा एडिसन राय रहेकी छिन् । उनका ८६ मिलियन फ्लोअर रहेका छन् भने उनले टिकटकमा एकबर्षमा साढे ८ मिलियन डलर आम्दानी गरेकी छिन् । अमेरिकन इगल लगायतका चर्चित ब्राण्डको स्पोन्सर गरेर उनले टिकटकबाट मनग्गे आम्दानी गरिरहेकी छिन् ।

चौथो नम्बरमा बेला पोर्च रहेकी छिन् । उनका टिकटक फ्लोअरहरु ८७ मिलियन रहेका छन् । उनले टिकटकबाट बार्षिक ५ मिलियन डलर आम्दानी गर्छिन् । उनले गतबर्ष गुगल, प्राडा, टिन्डर लगायतको विज्ञापन गरेकी थिइन् । त्यस्तै धेरै कमाउने टिकटक स्टारमा चौथो नम्बरमा नै रहेका छन् जोस रिचार्ड । २६ मिलियन फ्लोअर रहेका उनको बार्षिक आम्दानी ५ मिलियन रहेको छ ।

पाँचौं नम्बरमा रहेकी क्रिस कोलिन्सका ४२ मिलियन फ्लोअर छन् । उनको आम्दानी पौने ५ मिलियन डलर रहेको छ । उनको रमाइलो परिवारका सदस्यहरु बसेर हेर्न सकिने खालको छ । उनले पनि ठूला ठूला ब्राण्डहरुको स्पोन्सर पाएकी छिन् । त्यस्तै अवनी ग्रेगको पनि ५९ मिलियन फ्लोअरका साथ बार्षिक आम्दानी पौने ५ मिलियन डलर रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com