न्युयोर्कमा भएको आगलागीमा ९ बालबालिकासहित १९ को मृत्यु, ६३ जना घाइते


प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

न्युयोर्कको ब्रोंक्समा भीषण आगलागी हुँदा १९ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । मृत्यु हुनेमा ९ जना बालबालिकाहरु रहेका छन् । अपार्टमेन्ट भवनमा भएको आगलागी आज विहान सुरु भएको थियो ।

आगलागीमा ६३ जना घाइते भएका छन् । आगलागीपछि ३२ जनालाई अत्यन्तै गम्भिर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो ।

१९ तलाको उक्त भवनमा लागेको आगो नियन्त्रणका लागि २ सयभन्दा बढी अग्नी नियन्त्रकहरु पुगेका थिए । दोश्रो र तेश्रो तलाबाट आगलागी सुरु भएको र आगलागी नियन्त्रणमा आइसकेको न्युयोर्क सिटी फायर डिपार्टमेन्टले जनाएको छ ।

अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँवा हरेक तलामा फैलिएको थियो । पीडितहरु हरेक तलाको भर्यांगमा भेटिएका थिए । कैयनलाई हृदयघात भएको थियो । मृत्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको जनाइएको छ ।

आगलागीपछि ५ वटा फायर आलर्म बजेका थिए । ३३३ इस्ट १८१ स्ट्रीट रहेको भवनमा आगलागी भएको थियो । विहान ११ बजेभन्दा अगाडि सुरु भएको आगलागीपछि प्रहरीले कैयन फोनकलहरु प्राप्त गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com