न्युयोर्क सिटीको ट्रेनको ट्रयाकमा खसेकालाई बचाउन खोज्नेको ट्रेनको ठक्करबाट मृत्यु, गिरोहको खोजी
प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

न्युयोर्क सिटीको ट्रेनको ट्रयाकमा खसेका एकजना व्यक्तिलाई बचाउन खोज्ने सहयोगी व्यक्तिको ट्रेनको ठक्करबाट मृत्यु भएको छ । न्युयोर्क सिटीमा एउटा गिरोहको आक्रमणपछि ट्रेनको ट्रयाकमा खसेका ३९ बर्षका व्यक्तिलाई बचाउन खोज्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ब्रोंक्सको फोर्डम रोडको सबवे स्टेशनमा एकजना ३८ बर्षका व्यक्तिलाई गिरोहले आक्रमण गरेका थिए । गिरोहले चक्कु निकालेर ती व्यक्तिमाथि आक्रमण गरेको थियो ।
आक्रमणकै क्रममा ती व्यक्तिको ट्रेनको लिकमा खसेका थिए । उनी आफै खसेका थिए वा धकेलिएको थियो भन्नेबारे केही स्पष्ट नभएको प्रहरीले जनाएको छ ।
यसरी ट्रेनको लिकमा खसेपछि एकजना प्रत्यक्षदर्शीले बचाउन खोजेका थिए । बचाउने क्रममा ती व्यक्ति ट्रेनको ट्रयाकमा झरेका थिए । यसैक्रममा आइरहेको ट्रेनले ठक्कर दिएपछि बचाउन खोज्ने व्यक्तिको मृत्यु भएको थियो ।
घटनामा गिरोहको आक्रमणपछि ट्रेनको ट्रयाकमा खसेका व्यक्ति भने बाँच्न सफल भएका छन् । उनलाई अस्पताल लगिएको थियो भने उनको हात भाँचिएको थियो । ट्रेनले उनलाई ठक्कर दिएको थिएन । प्रहरीले आक्रमणमा संलग्न गिरोहका व्यक्तिको तस्वीर सार्वजनिक गरेको छ ।
कभर तस्वीरमा आक्रमणमा संलग्न गिरोहका व्यक्ति