आन्दोलनका क्रममा काजकिस्तानमा १६४ जनाको मृत्यु


प्रकाशित मिति : पुस २५, २०७८ आईतबार

काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १६४ पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु भएकाहरुको सङ्ख्या अझ बढी पनि हुनसक्ने छ ।
झन्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा अहिले भइरहेको उथलपुथलका कारण झन्डै छ हजार मानिस विस्थापित भएका छन् ।

आन्दोलनका क्रममा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको सबैभन्दा ठूलो सहर अल्माटीमै मृत्यु भएको हो ।
मृतकको सङ्ख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रुपमा देखिएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि रहेका छन् ।
“सामान्यतया देशभरीको अवस्था अहिले स्थीर नै रहेको छ, तर कतिपय ठाउँमा सुरक्षाकर्मीहरु बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरुले सुरक्षा कारबाही पनि चलाएका छन्,” वक्तव्यमा लेखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति कास्यम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालाहरुसँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो ।मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गर्नुभयो भने देशभरी अहिले पनि आन्दोलन चर्किरहेको छ ।

आन्दोलनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् । आन्दोलनका क्रममा अरु सयौँ गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com