अमेरिकाका पूर्व विदेशमन्त्री माइक पम्पिओले घटाए ६ महिनामा ९० पाउण्ड तौल


प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

अमेरिकाका पूर्व विदेशमन्त्री माइक पम्पिओले ६ महिनामा आफ्नो शरीरको ९० पाउण्ड तौल घटाएका छन् । सन् २०१८ देखि सन् २०२१ को जनवरी २० सम्म डोनाल्ड ट्रम्पको राष्ट्रपति कालमा विदेशमन्त्री रहेका पम्पिओले ६ महिनामा नै आफ्नो शरीर परिवर्तन गरेका छन् ।

उनले सन् २०२१ को जुन १४ बाट तौल घटाउन सुरु गरेका हुन् । त्यतीबेला उनी झण्डै ३ सय पाउण्ड नजिक पुगेका थिए । अर्को दिन विहानै उठेर उनले श्रीमतीसँग तौल घटाउने दिन सुरु भएको बताएका थिए ।

उनले त्यसपछि लगातार कसरत गर्दै गएका थिए । हरेक दिन नभएपनि झण्डै हरेकदिन जसो नै उनले कसरत गरेको र खानामा नियन्त्रण कायम गरेको बताएका छन् । त्यसपछि आफ्नो तौल घट्दै गएको उनले बताए ।

सन् २०१८ मा माइक पम्पिओ

५८ बर्षका पम्पिआले घरकै बेसमेन्टमा जिमगर्ने स्थान बनाउनका लागि लगानी समेत गरे । हप्तामा उनले ५ देखि ६ दिनसम्म जिम गरेको बताएका छन् । कुनै ट्रेनर वा डाइटिसियन विना नै आफै कसरत गरेको र खानामा नियन्त्रण गरेको उनको भनाई छ । हरेक दिन आधाघण्टाजति कसरत गरेको उनले बताए ।

१० देखि ११ बर्षको अवधिमा आफू १ सय पाउण्ड बढेको उल्लेख गर्दै सन् २०१० देखि आफ्नौ तौल बढ्न थालेको उनले बताए । आफूलाई कपडाहरु अझ सुहाउन थालेको र फूर्तिलो अनुभव भएको उनको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com