युएससीआईएसले अप्रिल १ मा १० बर्ष पुराना ‘ई -भेरिफाइ’का रेकर्ड नष्ट गर्ने


प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

आगामी अप्रिल १ मा अमेरिकाको अध्यागमन एजेन्सी युएससीआईएसले १० बर्ष पुराना ई भेरिफाइका रेकर्डहरु नष्ट गर्ने भएको छ । सन् २०११ को डिसेम्बर ३१ भन्दा अगाडिका सबै रेकर्ड नष्ट गर्ने युएससीआईसले जनाएको छ ।

युएससीआईसले नष्ट गर्नु अगाडि ई भेरिफाइ गर्ने रोजगारदाताहरुले केस सम्बन्धित पुराना सुचना र रेकर्डहरु डाउनलोड गर्न सक्नेछन् । त्यसका लागि आगामी मार्च ३१ भित्र डाउनलोड गरिसक्नुपर्ने युएससीआईएसले जनाएको छ ।

रोजगारदाताहरुले ई भेरिफाइ केस प्रमाणिकरण नम्बर फर्म आई ९ रोजगार योग्यता प्रमाणिकरण फर्मसँगै उल्लेख गर्न आवश्यक हुन्छ वा फर्मसँगै ई भेरिफिकेशनको केसको विस्तृत विवरण भएको पेज राख्नुपर्छ । रोजगारदाताहरुले फर्म आई ९ सँगै ऐतिहासिक अभिलेख रिपोर्टहरु राख्नुपर्छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ई भेरिफिकेशन वेवसाइटमा आधारित प्रणाली हो । रोजगारदाताले कामदार अमेरिकामा काम गर्न योग्य भए नभएको प्रमाणिकरण यो प्रणालीमार्फत गर्न सक्छन् । योग्य भएको प्रमाणित भएमा यसको रेकर्ड आई ९ फर्मसँगै राख्नुपर्छ । पेरोलमा काममा राखिएका हरेक व्यक्तिको आई ९ फर्म राख्नुपर्छ ।

कुनै व्यक्तिलाई काममा राखेको ३ बर्षसम्म वा काम छाडेको एकबर्षसम्म जुन पछिल्लो अवधि हुन्छ त्यो अवधिसम्म आई ९ फर्म सुरक्षित राख्नुपर्छ । यो फर्म युएससीआईएस वा आईससमक्ष फाइल गर्नु पर्दैन । तर सरकारी अधिकारीहरु निरिक्षणमा आएको खण्डमा भने यो फर्म देखाउन आवश्यक हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com