चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका बस्तुहरुमा आपतकालिन जाँच गरेका छन् ।
साथै, ड्रयागन फ्रुट्स बिक्रेतालाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ । कोभिडको नयाँ लहर चलिरहेका बेला ड्रयागन फ्रुट्समा कोभिड देखिएको खबरले चीनमा त्रास फैलिएको छ । डिसेम्बरको अन्तिम साता ड्रयागन फ्रुट्समा कोभिड १९ का संकेत देखिएपछि चीनले यसअघि सो फल २६ जनवरीसम्म चीन आयात गर्न प्रतिबन्ध लगाएको थियो । एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।