८४ वर्षका वृद्धले कोरोनाको ११ डोज भ्याक्सिन लगाएको दाबी,साँचो भए कारवाही


प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार

कोरोनाको बढ्दो संक्रमणबाट जोगिनका लागि खोप लगाउनै पर्ने कुरामा धेरैले जोड दिइरहेका छन् । धेरै खोप लगाएपछि धेरै सुरक्षा पाइन्छ भन्ने सोचेर भारतको बिहारका एक वृद्धले कोरोनाको ११ वटा खोप लगाइसकेका छन् ।

भारतको बिहार मधेपुरा जिल्लामा एक व्यक्तिले  कोरोना भ्याक्सिनको ११ वटा डोज लिएको दाबी गरेका छन् । पुरैनीमा बस्ने ८४ वर्षका ब्रह्मदेव मण्डलले कोरोना भ्याक्सिन लिन सुरु गरेपछि आफू कहिल्यै बिरामी नभएको र उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ ।

अर्कोतर्फ मधेपुराको सिभिल सर्जन डाक्टर अमरेन्द्र प्रताप शाहीले उनको दाबी साँचो हो कि गलत भनेर थाहा पाउन अनुसन्धाननै  गर्नुपर्ने बताए । उनका अनुसार अस्पतालको रेकर्डको अनुसन्धान हुनेछ र उनको दाबी वास्तविक भए जिम्मेवार व्यक्तिविरुद्ध कारवाही गरिने छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com