सैनिकको आठौँ डफ्फाको अन्तिम टोली दक्षिण सुडानतर्फ


प्रकाशित मिति : पुस २१, २०७८ बुधबार

संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनाका लागि चन्दननाथ गण शान्ति सेना आठौँ डफ्फाको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

सेनानी गोपालसिंह बोहराको नेतृत्वमा २०५ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मिशन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल त्यहाँ तैनाथ गोरखबहादुर गण शान्ति सेनाको सातौँ डफ्फालाई बदली गर्न टोली त्यहाँ गएको हो ।

नेपाली सेना संयुक्त राष्ट्रसङ्घका विभिन्नमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ ।

कोभिड–१९ सङ्क्रमणकाबीच पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको दौरानमा सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको सेनाले जनाएको छ । फाइल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com