खराब मौषमका कारण भर्जिनियाको हाइवेमा घण्टौंदेखि फसे सयौं गाडी, सिनेटर समेत रातभर गाडीभित्रै
प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार
खराब मौषमका कारण भर्जिनियाको इन्टरस्टेट ९५ हाइवेमा सायौं गाडीहरु घण्टौंदेखि फसेका छन् । हिमपातका कारण सडक अबरुद्ध हुँदा कतिपय गाडीहरु सोमबारदेखि नै त्यहाँ फसेको जनाइएको छ । ती गाडीहरु बाहिर निकाल्नका लागि बाटो खाली गर्न अधिकारीहरुलाई पठाइएको छ ।
रिचमण्ड र वासिंटन डिसीको बीचमा आई ९५ हाइवेको ५० माइलको फ्रेडरिकसबर्ग क्षेत्रमा गाडीहरु फसेका छन् । भर्जिनियाको डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेशनका अनुशार सडकमा फसेका ट्रकहरुका कारण अन्य गाडीहरु पनि बाहिर निस्कन पाएका छैनन् । कतिपय गाडीहरु १५ घण्टाभन्दा लामो समयदेखि सडकमा फसेका छन् ।

चिसो मौषम भएका कारण चालकहरुले न्यानो रहनका लागिमात्र गाडीका इन्जिनहरु चालु राखेको र त्यसपछि बन्द गर्ने गरेको जनाइएको छ । खानाको अभावका कारण उनीहरु आफूहरुसँग भएको खाना बाँडेर खाइरहेको जनाइएको छ । १५ घण्टादेखि सडकमा फसेकी सुसान फालेनले आफू हिडेर गएको भएपनि छिटो घर पुग्ने बताएका छन् ।
उनी जान लागेको दक्षिणतर्फको यातायात अबरुद्ध भएको छ । एकपछि अर्को ट्रक लामबद्ध अवस्थामा रहेका छन् । ती ट्रकहरु १५ घण्टादेखि एकइन्चपनि अगाडि नबढेको उनको भनाई छ । सडकमा फस्नेमा भर्जिनियाका सिनेटर टिम केनसमेत रहेका छन् । २ घण्टामा डिसी पुग्गाडी चलाउन सुरु गरेको १९ घण्टापछिपनि आफू सडकमा फसिरहेको उनले बताएका थिए ।

चालकहरुले गाडीमा बस्नुपरेकोमा आक्रोश व्यक्त गरेका छन् । कैयन सहायक बाटाहरुपनि सडकमा रुखहरु ढल्दा अवरुद्ध भएका छन् । कैयन चालकहरु रातभर प्रयाप्त खाना र पानीविना नै गाडीमा बिताउन बाध्य भएका छन् ।






