एसबीएबाट कोरोना सम्बन्धित ऋण र सहयोगको आवेदन लिन बन्द, अपिल गर्न र ऋण थप्न सकिने


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

अमेरिकाको साना व्यवसाय प्रशासन एसबीएले जनवरी १ शनिबारदेखि कोरोना सम्बन्धित ऋण र सहयोगको आवेदन लिन बन्द गरेको छ । इकोनोमिक इन्जुरी डिसास्टर लोन अन्तरगत तिर्नु नपर्ने सहयोग रकम र सस्तो ब्याजमा उपलब्ध गराइने ऋणका लागि आवेदन बन्द भएपनि ऋण थप, पुनमूल्यांकन र पुनरावलोकनका लागि गरिएका अनुरोध भने स्वीकार गरिने भएको छ ।

डिसेम्बर ३१ को डेडलाइनभन्दा अगाडि प्राप्त आवेदनका सन्दर्भमा प्रारम्भिक आवेदन अस्वीकार भएको ६ महिनाभित्र पुनमूल्यांकनका लागि अनुरोध गर्न सकिनेछ भने पुनमूल्यांकनका लागि गरिएको अनुरोध पनि अस्वीकार भएको ३० दिनभित्र अपिलका लागि अनुरोध गर्न सकिनेछ । कोष उपलब्ध भएको खण्डमा उल्लेखित अवधिभित्र आएका अनुरोधबारे निर्णय गरिने एसबीएले जनाएको छ ।

त्यस्तै ऋण रकम बढाउन चाहनेहरुले सुरुमा ऋण प्रदान गरिएको मितिले २ बर्षभित्र रकम बढाउनका लागि अनुरोध गर्न सकिनेछ । तर कोष उपलब्ध नभएको खण्डमा भने ऋण रकम बढाउन आएको अनुरोध अस्वीकृत हुनसक्नेछ । त्यसैले कोष उपलब्ध रहेको वा पहिलोपटक ऋण प्रदान गरिएको मितिले २ बर्षमध्ये जुन छिटो हुनेछ, त्यसलाई नै मान्यता दिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१० हजारडलरसम्मको इकोनोमिक इन्जुरी डिसास्टर लोन अन्तरगतको फिर्ता गर्नु नपर्ने रकमका लागि एड्भान्स र टार्गेटेड एडभान्सका सन्दर्भमा पनि आगामी दिनमा निर्णय गरिने एसबीएले जनाएको छ । तर ५ हजार डलरको पूरक टार्गेटेड एड्भान्स रकम भने अब प्रदान नगरिने जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com