विश्वकै बढी उमेरकी जीवित महिला तानाका ११९ बर्षमा, लामो आयुको रहस्य राम्रो खाना र गणित


प्रकाशित मिति : पुस १९, २०७८ सोमबार

विश्वकै सबैभन्दा बढी उमेरकी जीवित महिला जापानकी केन तानाका ११९ बर्षमा प्रवेश गरेकी छिन् । उनकी पनातिनी जुन्को तानेकाले ट्वीटर पोष्ट गर्दै आइतबार केन तानाका ११९ बर्षमा प्रवेश गरेको जानकारी दिइकी छिन् ।

केन तानाका ११९ बर्षमा प्रवेश गर्नु महान उपलब्धी भएको उल्लेख गर्दै पनातिनी जुन्कोले डिसेम्बरमा आफूले भेट्दाको तस्वीर समेत पोष्ट गरेकी छिन् । सन् २०१९ मा गिनिज विश्व रेकर्डले उनलाई विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको रुपमा दर्ज गरेको छ ।

 

तानेका सन् १९०३ मा जन्मिएकी हुन् । जुन बर्ष राइट दाजुभाईले विश्वमा उडानका क्षेत्रमा इतिहास कायम गरेका थिए । तानेकाले १९ बर्षको उमेरमा चामल पसलेसँग विवाह गरेकी थिइन् भने १०३ बर्षको उमेरसम्म परिवारको पसलमा काम गर्दै आएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तानाका विहान ६ बजे उठ्ने गरेको जनाइएको छ । आफ्नो लामो आयुको रहस्य राम्रो खाना र गणितको अभ्यास  तथा अध्ययन रहेको तानाकाले बताएकी छिन् । तानाका दुईवटा विश्वयुद्ध र सन् १९१८ को स्पानिस फ्लुमा बाँच्न सफल महिला हुन् ।

तर उनी विगतका बारेमा भने त्यती कुरा गर्न रुचाउदिनन् । उनी वर्तमानमा रमाउन चाहन्छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com